साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 
2026-09-08 11:20 AM
काठमाडौँ - KTM

बेनी-जोमसोम सडकखण्ड अबरुद्ध, तीर्थयात्री मर्कामा

साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 

बहत्तर किलोमिटर सडकखण्डअन्तर्गत म्याग्दीको चमरे, राहुपारे, बैसरी, भिरकाट्टे, दाना काभ्रे, बाधरजुँगे भिरमा पहिरो र मार्फास्थित ठाडोखोलामा जोडिएको पुल बगाएपछि मङ्गलबार रातिदेखि सीधा यातायात अवरुद्ध बनेको हो । 

मार्फामा बगाएको काठको पुलको विकल्पको खोजी भइरहेकाले यात्रु सवारीसाधन परिर्वतन गरेर आवतजावत गरिरहेका छन् । मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिने यो समयमा सडक अवरुद्ध हुँदा स्थल मार्ग हुँदै आउने आन्तरिक तथा बाह्य तीर्थयात्री र पर्यटक मारमा परेका छन् । 

चमरे र बैसरीमा सडक नै भासिँदा तीर्थयात्री पैदलमार्फत घुमाउरो बाटोबाट यात्रा गर्दै आएका छन् । मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि भारतीय तीर्थयात्री यतिबेला मुस्ताङमा बढी जाने गरेका छन् । वर्षापछिको पहिरोले सडक जीर्ण बनेपछि यात्रा जोखिमपूर्ण बनेको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिएक छन् । 

वर्षाले मुस्ताङखण्डमा पुल बगाउनुबाहेक खासै प्रभाव पारेको छैन । दुई जिल्लाको सिमाना बाँधरजुँगे भिरदेखि म्याग्दीखण्डसम्मको भाग जोखिमपूर्ण छ । 

“पहिरो नरहेको ठाउँमा पनि हिलोले गाडी जानै सक्ने अवस्था छैन,” सचिव श्रेष्ठले भने– “केही ठाउँमा हाम्रो गाडी पनि फसेका छन् ।” पहिरो खसेको स्थानमा यात्रुको सहयोग र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सीमा प्रहरीचौकी भुरुङतातोपानी र दाना प्रहरीचौकीबाट प्रहरी परिचालन गरेको बताइएको छ । 

पर्यटकको चाप बढी हुने यो सडकखण्डका म्याग्दीतर्फ बढी समस्या देखिएकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर खुलाउने प्रयास भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । 

वर्षाले थुप्रै स्थानमा पहिरो झरेको र सडक जीर्ण बनेकाले सडक विभाग बागलुङसँग सहकार्य गरेर डोजरमार्फत पहिरो हटाउने काम सुरु गरिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो