साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

बेनी-जोमसोम सडकखण्ड अबरुद्ध, तीर्थयात्री मर्कामा

१३ श्रावण २०७३, बिहीबार ०९:३७

साउन १३, मुस्ताङ । अविरल वर्षाका कारण बेनी–जोमसोम सडकखण्डको आधा दर्जन स्थानमा पहिरो खस्दा यातायात अवरुद्ध बनेको छ । 

बहत्तर किलोमिटर सडकखण्डअन्तर्गत म्याग्दीको चमरे, राहुपारे, बैसरी, भिरकाट्टे, दाना काभ्रे, बाधरजुँगे भिरमा पहिरो र मार्फास्थित ठाडोखोलामा जोडिएको पुल बगाएपछि मङ्गलबार रातिदेखि सीधा यातायात अवरुद्ध बनेको हो । 

मार्फामा बगाएको काठको पुलको विकल्पको खोजी भइरहेकाले यात्रु सवारीसाधन परिर्वतन गरेर आवतजावत गरिरहेका छन् । मुक्तिनाथ दर्शन र मुस्ताङ भ्रमणका लागि उपयुक्त मौसम मानिने यो समयमा सडक अवरुद्ध हुँदा स्थल मार्ग हुँदै आउने आन्तरिक तथा बाह्य तीर्थयात्री र पर्यटक मारमा परेका छन् । 

चमरे र बैसरीमा सडक नै भासिँदा तीर्थयात्री पैदलमार्फत घुमाउरो बाटोबाट यात्रा गर्दै आएका छन् । मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि भारतीय तीर्थयात्री यतिबेला मुस्ताङमा बढी जाने गरेका छन् । वर्षापछिको पहिरोले सडक जीर्ण बनेपछि यात्रा जोखिमपूर्ण बनेको यातायात व्यवसायी सुमन श्रेष्ठले जानकारी दिएक छन् । 

वर्षाले मुस्ताङखण्डमा पुल बगाउनुबाहेक खासै प्रभाव पारेको छैन । दुई जिल्लाको सिमाना बाँधरजुँगे भिरदेखि म्याग्दीखण्डसम्मको भाग जोखिमपूर्ण छ । 

“पहिरो नरहेको ठाउँमा पनि हिलोले गाडी जानै सक्ने अवस्था छैन,” सचिव श्रेष्ठले भने– “केही ठाउँमा हाम्रो गाडी पनि फसेका छन् ।” पहिरो खसेको स्थानमा यात्रुको सहयोग र उद्धारका लागि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सीमा प्रहरीचौकी भुरुङतातोपानी र दाना प्रहरीचौकीबाट प्रहरी परिचालन गरेको बताइएको छ । 

पर्यटकको चाप बढी हुने यो सडकखण्डका म्याग्दीतर्फ बढी समस्या देखिएकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर खुलाउने प्रयास भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । 

वर्षाले थुप्रै स्थानमा पहिरो झरेको र सडक जीर्ण बनेकाले सडक विभाग बागलुङसँग सहकार्य गरेर डोजरमार्फत पहिरो हटाउने काम सुरु गरिएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार