२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुमपूर्वका विद्यालय सञ्चालनमाः प्रत्येक विद्यालयमा कोरोना फोकल पर्सन

१३ आश्विन २०७७, मंगलवार ०७:३७

असोज १३, रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले सबै विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्यापकलाई विद्यालयमा आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । 

कोरोना महामारीको यो अवस्थामा विद्यालय खोलेर विद्यार्थीको नियमित पठनपाठन अगाडि बढाएको गाउँपालिकाले कोरोना जोखिमलाई कम गर्न विद्यालयलाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रदान गरिने स्वास्थ्य सामग्रीमा सेनिटाइजर, मास्क र हात धुने साबुन रहेको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो ।

गाउँपालिकाका १४ वटा वडाले रु एक–एक लाख जम्मा गरी रु १४ लाखमा स्वास्थ्य सुरक्षाका सामग्री खरिद गरेर वितरण गरिएको गाउँपालिकाले जनाएको छ । ती स्वास्थ्य सामग्री विद्यालयमा शिक्षक, शिक्षिका र विद्यार्थीले प्रयोग गर्नेछन् । यही असोजको १ गतेबाट विद्यालय खालेको गाउँपालिकाले विद्यार्थीको नियमित पठनपाठनलाई अगाडि बढाउन थालेको छ । गएको वर्ष चैत ११ गतेबाट बन्द भएका शैक्षिक संस्था अझै खुल्न नसक्दा विद्यार्थी समस्यामा छन् । 

विद्यार्थीको शैक्षिक सत्रलाई खेर जान नदिन भन्दै गाउँपालिकाले कार्यपालिका बैठकबाट असोज १ गतेबाट विद्यालय खोल्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार नै अहिले स्वास्थ्य सुरक्षाका मापदण्डपालन गर्दै विद्यालय खोलेको गाउँपालिकाका उपाध्यक्ष शाहीले बताउनुभयो । 

प्रत्येक विद्यालयमा एकजना शिक्षकलाई अनिवार्य रुपमा कोरोना फोकल पर्सन (स्रोत व्यक्ति) तोकेर जिम्मेवारी दिनुपर्ने  व्यवस्था गरिएको छ । ती स्रोत व्यक्तिले आफ्नो विद्यालयमा रहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी राख्ने र कोही बिरामी भएमा तत्कालै गाउँपािलकालाई जानकारी गराउनुपर्ने निर्णय गरिएको उपाध्यक्ष शाहीको भनाइ छ । 

गाउँपालिकाभर अहिले ४४ वटा विद्यालय रहेका छन् । गाउँपालिकाको केन्द्र नजिकै रहेका तीन वटा विद्यालयमा भने तत्कालै पठनपाठन सञ्चालन नगरिने उपाध्यक्ष शाहीले बताउनुभयो । ती विद्यालय क्वारेन्टिनको रुपमा प्रयोग भएकाले केही समय पछाडि मात्र त्यहाँ पठनपाठन सुचारु गरिने उपाध्यक्ष शाहीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य