२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, राम्रो फोटो पठाउनेलाई पुरस्कारको व्यवस्था

१३ आश्विन २०७७, मंगलवार ११:४५

असोज १३, काठमाडौं (रासस) । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र भाग लिन पाउने  प्रालिका प्रबन्धक मनोज श्रेष्ठले बताउनुभयो । 

कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताउँदै उहाँले प्रतियोगितामा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीन फोटो र एउटा भिडियो पठाउनुपर्ने जानकारी दिनुभयो । 

पठाइएको फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विवरण नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने, फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने र इमेलबाट मात्र पठाउनुपर्ने प्रावधान  छ ।  प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताउनुभयो । 

सर्वोत्कृष्ट पुरस्कार विजेतालाई रु ५५ हजार ३५० मूल्य बराबरको कौसी खेती गर्ने विभिन्न सामग्री प्रदान गरिने छ  । विधागत पुरस्कारअन्तर्गत तरकारी खेतीतर्फ प्रथम हुनेलाई रु २५ हजार ३५०, दोस्रो हुनेलाई रु १६ हजार ८५० र तेस्रो हुनेलाई रु १० हजार ५० मूल्य बराबरको कौसी खेतीका विभिन्न सामग्री प्रदान गरिने आयोजकले जनाएको छ । 

साना जनावर ९कुखुरा, बट्टाइँ, परेवा, हाँसलगायत० विधातर्फ प्रथम हुनेलाई रु सात हजार, दोस्रालाई रु छ हजार र तेस्रालाई रु पाँच हजार प्रदान गरिने छ भने साना फलफूल तथा पुष्प खेती विधातर्फ प्रथमलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार प्रदान गरिने बताइएको छ । 

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । त्यसका साथै हलोखबर डटकम पेज लाइक र सेयर अनिवार्य गनुपर्ने हुन्छ ।

जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ, त्यसले त्यति नै अङ्क प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज मसान्तसम्म  छ । आगामी कात्तिक १ गते सबै प्रतियोगीका फोटो एकैसाथ हलोखबर डट कमको पेजमा पोस्ट गरिने छ  । कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् । यसको नतिजा मङ्सिर १ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ