2026-09-18 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन फोटो प्रतियोगिता’ हुने, राम्रो फोटो पठाउनेलाई पुरस्कारको व्यवस्था

असोज १३, काठमाडौं (रासस) । कौसी खेती प्रवद्र्धनका लागि वाग्मती प्रदेशस्तरीय ‘कौसी क्विन–२०७७ फोटो प्रतियोगिता’ हुने भएको छ । प्रतियोगितामा राम्रो फोटो पठाउनेलाई विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्रज्ञान क्रियसन प्रालिद्वारा सञ्चालित हलोखबर डटकमले आयोजना गर्ने सो प्रतियोगितामा वाग्मती प्रदेशका प्रतियोगीले मात्र भाग लिन पाउने  प्रालिका प्रबन्धक मनोज श्रेष्ठले बताउनुभयो । 

कौसी खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको बताउँदै उहाँले प्रतियोगितामा सहभागी हुनका लागि कौसी खेती गर्दै गरेको कम्तीमा तीन फोटो र एउटा भिडियो पठाउनुपर्ने जानकारी दिनुभयो । 

पठाइएको फोटोमा क्याप्सन अनिवार्य रुपमा राख्नुपर्ने हुन्छ । विवरण नेपाली वा अङ्ग्रेजी भाषामा हुनुपर्ने, फोटो स्पष्ट र ठूलो साइजको हुनुपर्ने र इमेलबाट मात्र पठाउनुपर्ने प्रावधान  छ ।  प्रतियोगितामा सहभागी हुनका लागि कुनै शुल्क नलाग्ने प्रबन्धक श्रेष्ठले बताउनुभयो । 

सर्वोत्कृष्ट पुरस्कार विजेतालाई रु ५५ हजार ३५० मूल्य बराबरको कौसी खेती गर्ने विभिन्न सामग्री प्रदान गरिने छ  । विधागत पुरस्कारअन्तर्गत तरकारी खेतीतर्फ प्रथम हुनेलाई रु २५ हजार ३५०, दोस्रो हुनेलाई रु १६ हजार ८५० र तेस्रो हुनेलाई रु १० हजार ५० मूल्य बराबरको कौसी खेतीका विभिन्न सामग्री प्रदान गरिने आयोजकले जनाएको छ । 

साना जनावर ९कुखुरा, बट्टाइँ, परेवा, हाँसलगायत० विधातर्फ प्रथम हुनेलाई रु सात हजार, दोस्रालाई रु छ हजार र तेस्रालाई रु पाँच हजार प्रदान गरिने छ भने साना फलफूल तथा पुष्प खेती विधातर्फ प्रथमलाई रु २० हजार, दोस्रोलाई रु १५ हजार र तेस्रोलाई रु १० हजार प्रदान गरिने बताइएको छ । 

प्रतियोगी छनोटका लागि हलोखबर डटकमको फेसबुक पेजमा पोस्ट गरिएका आफ्नो फोटोमा प्रतियोगीले धेरैभन्दा धेरै लाइक, कमेन्ट, सेयर र ट्याग गर्ने र गर्न लगाउनुपर्ने हुन्छ । त्यसका साथै हलोखबर डटकम पेज लाइक र सेयर अनिवार्य गनुपर्ने हुन्छ ।

जुन फोटोमा जसको जति लाइक, कमेन्ट र सेयर हुन्छ, त्यसले त्यति नै अङ्क प्राप्त गर्ने आयोजकले जनाएको छ । फोटो पठाउने अन्तिम मिति यही असोज मसान्तसम्म  छ । आगामी कात्तिक १ गते सबै प्रतियोगीका फोटो एकैसाथ हलोखबर डट कमको पेजमा पोस्ट गरिने छ  । कात्तिक महिनाभर सो फोटो फेसबुकमा रहनेछन् । यसको नतिजा मङ्सिर १ गते सार्वजनिक हुने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई