2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आकाशे पानी सङ्कलनका लागि घैँटो निर्माण

असोज १८, प्युठान | प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी सङ्कलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो । पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी घैँटा निर्माण गरिएको वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर रानामगरले बताउनुभयो ।

वडासचिव उमाराम आचार्यका अनुसार आर्थिक वर्ष २०७४/७५ बाट घैँटो निर्माणको काम शुरु गरिएको हो । पहिलो वर्ष रु १७ लाखको लागतमा २७ वटा घैँटो बनाइएको थियो । त्यस्तै आव २०७५/७६ मा रु पाँच लाखको लागतमा आठवटा घैँटो निर्माण गरिएको छ । त्यस्तै आव २०७६/७७ मा रु २५ लाखको लागतमा ३८ वटा घैँटो निर्माण गरिएको छ । ४२ वटा घैँटो निर्माण गर्ने गरी बजेट विनियोजन गरे पनि बन्दाबन्दीले चारवटा घैँटो निर्माण हुन नसकेको वडासचिव आचार्यले बताउनुभयो । स्थानीय उपभोक्ता समितिमार्फत साढे छ घनमिटरको घैँटो निर्माण गरिएको हो ।

पच्चीस प्रतिशत स्थानीयको जनश्रमदानमा घैँटो निर्माण गरिएको आकाशेपानी सङकलन घैँटो निर्माण समितिका अध्यक्ष गिरीप्रसाद घिमिरेले बताउनुभयो । विगत तीन वर्षदेखि अध्यक्षको जिम्मेवारीमा रही घैँटो निर्माणको काम गरेको उहाँको भनाइ छ । अघिल्ला आर्थिक वर्षमा निर्माण गरिएका घँैटोमा पानी सङ्कलन गरी स्थानीयले पानी प्रयोग गरेको छन् भने आव २०७६/७७ मा निर्माण गरिएका घैँटोमा पनि पानी सङ्कलन शुरु भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

वडा कार्यालयमार्फत टिनको छाना भएका, गरिब, विपन्न र पानीको पहुँचबाट टाढा रहेका व्यक्ति छनोट गरी घरमा घैँटो निर्माण गरिएको वडासचिव आचार्यले बताउनुभयो । पिउने पानीसमेत किनेर खानुपर्ने अवस्था रहेको यस क्षेत्रमा घैँटो निर्माणपश्चात स्थानीयवासीलाई सहज भएको उहाँले बताउनुभयो । स्थानीय तह निर्माणपूर्व खानेपानी डिभिजन कार्यालयमार्फत पनि केही घैँटो निर्माण भएको उहाँले बताउनुभयो । 

वडा कार्यालयको सहयोगमा घैँटो निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । बिजुली बासडाँडाका स्थानीय नुमलाल पोखरेलले पानीको समस्या रहेको यस क्षेत्रमा घैँटो निर्माणले सहज हुने बताउनुभयो । वर्षातको समयमा आकाशबाट परेको पानी टिनबाट घैँटोमा जम्मा गर्ने उहाँको भनाइ छ । गाईवस्तुलाई खुवाउन, कपडा धुन, नुहाउनका साथै तरकारीखेती सिँचाइका लागि पनि सहज हुने पोखरेलले बताउनुभयो ।

वर्षात्को समयमा आकाशबाट परेको पानी टिनमार्फत घैँटोमा सङ्कलन गरी प्रयोग गर्न पाएपछि यहाँका स्थानीयवासीलाई राहत मिलेको बिजुली चिउरापानीकी स्थानीय कुन्ता थापाले बताउनुभयो । स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपश्चात यहाँका जनताको पानीको समस्या बुझी घैँटो निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताउनुभयो । जनता माध्यामिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र यस नजिकका बस्तीमा लिफ्टमार्फत खानेपानीको व्यवस्था गरिएको छ भने अन्यका लागि घैँटो बनाइएको हो । वडा कार्यालयले यो वर्ष पनि घैँटो निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द