४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई जानकारी: कस्तो हुन्छ NOC ? (फर्म्याट सहित)

२२ आश्विन २०७७, बिहीबार ०७:०६

असोज २२, काठमाडौँ | कोरोना महामारीको कारण नेपालीहरु विदेशबाट बिदामा आएर आफूले काम गर्ने कम्पनीमा पुन: जान चाहेमा सरकारले एनओसी अनिवार्य गरेको छ । 

अहिले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई NOC (No Objection Certificate) अनिवार्य गरेपछि विदेशमा रहेका कतिपय कम्पनीले सोको फर्म्याट माग गरेको विदेश जाने कामदारहरुले जनाएका छन् । सरकारी निर्णय अनुसार नयाँ तथा पुरा सबै कामदारले विदेश जानुअघि श्रम स्वीकृति निकाल्दा वा नवीकरण गर्दा उक्त एनओसी अनिवार्य सम्बन्धित कम्पनीको आधिकारिक इमेलबाट श्रम कार्यालय, काठमाडौँको इमेल ठेगाना dofe_kath@dofe.gov.np मा पठाउनुपर्ने हुन्छ । नेपालबाट महामारीको समयमा रोजगारीमा जान सरकारले सम्बन्धित कम्पनीबाट कामदारको नाममा नो अब्जेक्सन सर्टिफिकेट पाएपछि मात्र श्रम स्वीकृति दिन्छ । 


गत भदौ १७ गते बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै म्यानपावर कम्पनी मार्फत विदेश जान श्रम स्वीकृति लिनको लागि गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको ‘नो अब्जेक्सन लेटर’ नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने सुचित छ । तर व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरुको हकमा भने दुतावासले प्रमाणीकरण गर्नुपर्दैन । सिधै कम्पनीले आधिकारिक इमेल मार्फत श्रम कार्यालयको माथि तोकिएको इमेलमा इमेल पठाए पुग्छ । 

श्रम कार्यालयमा सम्बन्धित कम्पनीबाट आएको इमेलको आधारमा कामदार श्रम कार्यलयमा पुगी, भ्यालिड भिषा, पासपोर्ट, कम्पनिसँगको सझौता पेपर देखाई नयाँ श्रम स्वीकृति लिन वा बिदामा आएको भए नवीकरण गराउन सक्छ । 

कम्पनीले श्रम कार्यालयमा पठाउने NOC को फरम्याट कस्तो हुन्छ ? हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ