विदेश जानेलाई जानकारी: कस्तो हुन्छ NOC ? (फर्म्याट सहित)

साझासवाल
2 Min Read

असोज २२, काठमाडौँ | कोरोना महामारीको कारण नेपालीहरु विदेशबाट बिदामा आएर आफूले काम गर्ने कम्पनीमा पुन: जान चाहेमा सरकारले एनओसी अनिवार्य गरेको छ ।

अहिले नेपाल सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई NOC (No Objection Certificate) अनिवार्य गरेपछि विदेशमा रहेका कतिपय कम्पनीले सोको फर्म्याट माग गरेको विदेश जाने कामदारहरुले जनाएका छन् । सरकारी निर्णय अनुसार नयाँ तथा पुरा सबै कामदारले विदेश जानुअघि श्रम स्वीकृति निकाल्दा वा नवीकरण गर्दा उक्त एनओसी अनिवार्य सम्बन्धित कम्पनीको आधिकारिक इमेलबाट श्रम कार्यालय, काठमाडौँको इमेल ठेगाना [email protected] मा पठाउनुपर्ने हुन्छ । नेपालबाट महामारीको समयमा रोजगारीमा जान सरकारले सम्बन्धित कम्पनीबाट कामदारको नाममा नो अब्जेक्सन सर्टिफिकेट पाएपछि मात्र श्रम स्वीकृति दिन्छ ।

गत भदौ १७ गते बैदेशिक रोजगार बिभागले एक सूचना जारी गर्दै म्यानपावर कम्पनी मार्फत विदेश जान श्रम स्वीकृति लिनको लागि गत वर्ष फागुन २९ गतेअघि मागपत्र प्रमाणित भइ पूर्व स्वीकृति लिएकाको हकमा गन्तव्य मुलुकको सम्बन्धित रोजगारदाता कम्पनीले हालै जारी गरेको ‘नो अब्जेक्सन लेटर’ नेपाली दूतावासबाट प्रमाणित गराई अनिवार्य रुपमा पेश गर्नुपर्ने सुचित छ । तर व्यक्तिगत श्रम स्वीकृति र बिदामा आएकाहरुको हकमा भने दुतावासले प्रमाणीकरण गर्नुपर्दैन । सिधै कम्पनीले आधिकारिक इमेल मार्फत श्रम कार्यालयको माथि तोकिएको इमेलमा इमेल पठाए पुग्छ ।

श्रम कार्यालयमा सम्बन्धित कम्पनीबाट आएको इमेलको आधारमा कामदार श्रम कार्यलयमा पुगी, भ्यालिड भिषा, पासपोर्ट, कम्पनिसँगको सझौता पेपर देखाई नयाँ श्रम स्वीकृति लिन वा बिदामा आएको भए नवीकरण गराउन सक्छ ।

कम्पनीले श्रम कार्यालयमा पठाउने NOC को फरम्याट कस्तो हुन्छ ? हेर्न यहाँ क्लिक गर्नुहोस्

Share This Article
Leave a Comment

Leave a Reply