2026-09-10 12:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारमा LT (Lot) नम्वर भनेको के हो ?

अनिल अधिकारी | वैदेशिक रोजगारमा पठाउन सरकारले मान्यता दिएको म्यानपावरले बिभिन्न देशको कम्पनीबाट मागपत्र लिन्छ ।  म्यानपावरले ल्याएको मागपत्र सम्बन्धित देशको दुतावासले प्रमाणीकरण गर्छ र त्यही मागपत्र वैदेशिक रोजगार बिभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा अपलोड हुन्छ । उक्त मागपत्रलाई वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति दिन्छ । म्यानपावर व्यवसायीले पूर्वस्वीकृति पाइसकेपछि पत्रिकामा विज्ञापन गर्नुपर्छ । त्यहि ‘पूर्वस्वीकृति’लाई ट्रयाक गर्न एउटा नम्बर दिईएको हुन्छ, त्यसैलाई लट ‘LT’ (Lot) नम्बर भनिन्छ । वैदेशिक रोजगारको कुनैपनि माध्यमबाट बिज्ञापन दिँदा अनिवार्य LT नम्बर उल्लेख गर्नुपर्छ । 

कुनैपनि डिमाण्डको लट नम्बर छ भने त्यस डिमाण्ड सरकारद्वारा मान्यताप्राप्त छ भन्ने बुझ्नुपर्छ । जसलाई आफैले वैदेशिक रोजगार मोबाइल एप वा www.dofe.gov.np मा गई उक्त नम्बर हानेर कुनै पनि मान्यताप्राप्त वैदेशिक रोजगारको मागबारे पुरा जानकारी पाउन सकिन्छ । लट नम्बर पाएपछि कुनै पनि डिमाण्डमा कुन म्यानपावरले पठाउदैछ ? विदेशको कुन कम्पनीमा पठाउदैछ ? कुन पदमा पठाउदैछ ? कति तलब तोकिएको छ ? सेवा/सुविधा के कस्तो छ ? भन्ने आधिकारिक जानकारी प्राप्त हुन्छ । 

याद राख्नुहोस्, LT नम्बर उल्लेख नगरी बैदेशिक रोजगारको बिज्ञापन गर्न नपाइने वैदेशिक रोजगार विभागको नीति रहेको छ । विदेश जान प्रक्रिया सुरु गर्नु अघि अनिवार्य रुपमा आफू जान लागेको रोजगारीको LT नम्बर आफैले चेक गरेर सबै जानकारी लिनु पर्दछ । यसरी वैदेशिक रोजगारीमा जाँदा विदेशमा गएर समस्यामा परे वा पुर्व स्वीकृति अनुसारको सेवा सुविधा नभए, कम्पनी फरक भएमा वैदेशिक रोजगार विभागमा उजुरी दिएर समस्या समाधान वा क्षेतीपूर्ति समेत लिन पाइन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि उपसभामुख रुबी कुमारीले दिइन् एक महिनाको पारिश्रमिक सुनचाँदीको मूल्य बढ्यो मन्त्रिपरिषद् बैठक बस्दै परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको शिष्टाचार भेट कांग्रेस फुट्ने सम्भावना छ, १५औँ महाधिवेशन देउवाकै नेतृत्वमा हुन्छ: शशांक कोइराला आधिकारिकता विवादमा सर्वोच्चले निस्सा दिएपछि आधा जित भइसक्यो : देउवा बाढी प्रभावित विद्यार्थीलाई परामर्श दिएपछि मात्रै कक्षा सञ्चालन गर्न निर्देशन राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस विपद्‌मा घाउमा नुनचुक छर्किनेका लागि रास्वपामा स्थान छैन : रवि लामिछाने भदौ २३ र २४ का घटनामा निष्पक्ष छानबिन र कारबाही गर्न गगन थापाको माग नेप्से १५ अंकले घट्यो, ४ अर्ब २० करोडको कारोबार अहिले राजनीति गर्ने होइन, नागरिक बचाउने बेला हो : रवि लामिछाने भदौ १० का मृतक प्राकृतिक विपत्तिका होइनन्, जलवायु अन्यायका पीडित हुन् : रवि लामिछाने सहिदले न्याय कति वर्षमा पाउँछ सरकार ? : सांसद खत्री प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा जेनजी आन्दोलन सरकार परिर्वतनका लागि मात्रै नभइ संस्कार परिवर्तनका लागि भएको हो: सांसद केसी प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्री बालेन शाहले सुरक्षा प्रमुखसँग उच्चस्तरीय छलफल गर्दै रसुवा बाढीमा मृतकको संख्या १,३६७ पुग्यो एमाले बैठकमा संसद् पुनर्स्थापनाबारे छलफल हुन्छ : महेश बस्नेत