2026-09-12 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बुङ्गल नगरपालिका भित्रका बिद्यालयहरुमा कार्तिक १७ देखि नियमित पठनपाठन हुने

कार्तिक १५, बझाङ । बझाङ कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिका भित्रका विद्यालयहरुमा सोमबार अर्थात आउदो कार्तिक १७ गते देखि पठनपाठन संञ्चालन गरिने भएको छ । शुक्रबार बुङ्गल नगरपालिका शिक्षा शाखा र नगरपालिका भित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई शनिबार बाहेक अन्य सार्वजनिक विदाको दिन पनि पढाइ संञ्चालन गर्ने निर्यण गरेको हो ।

कोरोना महामारी बढ्दै गएपछि सरकारले घोषणा गरेको बन्दाबन्दी अर्थात लकडाउनका कारण चैत्र देखि देशभरका विद्यालयहरु बन्द रहेका छन । सरकारको पछिल्लो निर्णय सँगै अधिकांश विद्यालयहरुले वैकल्पिक माध्यममा पढाई संचालन गरेको भएपनि बुङ्गल नगरपालिमा भने इन्टरनेट र सञ्चार माध्यमको राम्रो पहुँच नभएका कारण वैकल्पिक माध्यम बाट पढाई संचालन गर्न नसकिएको बुङ्गल नगरपालिका शिक्षा शाखा संयोजक धनकृण रेक्मी बताए । 

शैक्षिकसत्र लम्बिन नदिन र शिक्षण सिकाईलाई सहज बनाउनका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाइ सामुदायिक तथा निजि बिद्यालय पूर्णरुपमा संचालन गरिन लागिएको उनको भनाई छ ।

कोरोना महामारीकै बेला बिद्यालय सञ्चालन गरीन लागेको भए पनि लामो समय पछि बिद्यालयमा पढ्न पाईने भन्दै बिद्यार्थी हरु खुशी भएका छन् । कोरोना नियन्त्रण भए पछि पढौंला भनेर कुरेर बसेपछि आफ्नो पढाइ र भविश्य समेत बिग्रने भन्दै अब आफुहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइ कोरोना संगै बाच्न सिक्नु पर्ने विद्यार्थी हरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन