2026-10-27 03:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले १०० जना कर्मचारी माग्यो, अनलाइनबाटै आवेदन दिन सकिने

कात्तिक १७, काठमाडौँ । गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अपरेटर पद सेवा करारमा भर्ना लिन दरखास्त आव्हान गरेको छ । विभागले कार्त्तिक १३ गते एक सूचना जारी गर्दै विवरण दर्ता अपरेटर १०० जनाको लागि खुला प्रतिस्पर्धाद्वारा करारमा भर्ना गर्न दरखास्त आव्हान गरेको हो ।

सबै नेपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यक्रम अन्तर्गत घुम्ती सेवा सञ्चालनमार्फत नागरिकका विवरणहरु सङ्घलन गर्ने कार्यका लागि अभियान सञ्चालन हुने जिल्लाहरुमा विवरण दर्ता अपरेटरले कार्य गर्नुपर्ने विभागले जनाएको छ ।

कात्तिक १३ गतेदेखि १५ दिनभित्र https://application.donidcr.gov.np/Account/Register मा गई user ID create गरेर अनलाईन दरखास्त फाराम भरी निःशुल्कआवेदन दिन सकिने विभागले जनाएको छ । दरखास्त पेश गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा सो पछि कार्यालय खुलेको पहिलो दिनको कार्यालय समयमा दरखास्त बुझाउनु पर्नेछ।

उम्मेदवारको उमेर हद दरखास्त दिने अन्तिम मिति सम्म १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने तोकिएको छ  । न्यूनतम शैक्षिक योग्यता तथा तालिम: प्रवीणता प्रमाणपत्र तह वा १०+२ उत्तिर्ण गरेको तथा कम्तिमा ३ महिनाको कम्प्युटर सम्बन्धी तालिम प्राप्त गरेको वा प्रविणता प्रमाणपत्र तह वा सो सरह वा सो भन्दा माथिल्लो तहमा १०० पूर्णाङ्कको कम्प्युटर विषय राखी उक्त तह उत्तीर्ण गरेको भएमा छुट्टै तालिमको प्रमाणपत्र आवश्यक नपर्ने जनाइएको छ । त्यस्तै सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी कुनै कारवाहीमा नपरेको हुनुपर्नेछ । 

काम गरेको दिनको मात्र दैनिक रु. १२ सय को दरले मासिक पारिश्रमिक उपलब्ध गराइने विभागले जनाएको छ । लिखित परीक्षा आगामी मङ्सिर १३ गते हुने साथै परीक्षाको कार्यक्रम विभागको वेबसाइटमा प्रकाशन गरिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गगन थापाको आग्रह: नेताहरूको भीआईपी संस्कृति अन्त्य गरौँ सुडानमा ड्रोन हमला: २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते मलेसियाको सूचीमा परेका २५ म्यानपावरमाथि विभागको छानबिन र अनुगमन सुरु ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला