२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

परीक्षा सञ्चालनका नाममा दस्तुर असुल्दै सर्लाहीका विद्यालय

१८ कार्तिक २०७७, मंगलवार १०:५३

कात्तिक  १८, सर्लाही । कोभिड–१९ कारण रोकिएको कक्षा ११ को परीक्षामा सामेल हुन जिल्लामा विद्यार्थीले दोहोरो परीक्षा दस्तुर तिर्नुपर्ने भएको छ । माध्यमिक तहअन्तर्गत गत वैशाखमा हुनुपर्ने कक्षा ११ परीक्षा रोकिएको थियो भने कात्तिक २१ देखि शुरु हुँदैछ । उक्त परीक्षामा सामेल हुन विद्यार्थीले रु ५०० थप दस्तुर बुझाउनुपर्ने विद्यालयले नियम बनाएका हुन् । यसअघि गत वर्ष नै परीक्षा दस्तुरबापत प्रतिविद्यार्थी रु ६०० असुल गरिएको थियो ।

कोभिड–१९ का कारण विद्यालयमा गएर अध्ययन गर्न नपाएका विद्यार्थीलाई दोहोरो दस्तुर लिनु गैरकानूनी भएको र तत्काल निर्णय फिर्ता लिन विद्यार्थी अगुवाले माग गरेका छन् । पहिले नै परीक्षा दस्तुर लिइएकामा फेरि रु ५०० थप गर्नु अन्याय हुने भएकाले निर्णय पुनरावलोकन गर्न अनेरास्ववियुका सर्लाही संयोजक विवेक मैनालीले माग गर्नुभयो । विद्यार्थीलाई दोहोरो मार पार्ने काम भए चुप लागेर नबस्ने मैनालीले चेतावनीसमेत दिनुभयो ।

राष्ट्रिय परीक्षा बोर्डले कोभिड–१९ का कारण परीक्षा सञ्चालन खर्च पठाउन नसकेपछि विद्यालयले विद्यार्थीसँग उठाउन लागेको बुझिएको उहाँको भनाइ छ । शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका अनुसार जिल्लाका २० वटै स्थानीय निकायका शिक्षा शाखाप्रमुख, पेशागत सङ्गठनका प्रमुख र विद्यालयका प्रधानाध्यापकबीच कात्तिक २१ देखि कक्षा ११ को परीक्षा शुरु गर्ने सहमति भएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड जनकपुरका प्रकाश काफ्लेका अनुसार गत वर्ष लिइएको दस्तुर बापतको रु ६०० मध्ये २०० प्रवेशपत्र, प्राविधिक व्यवस्थापन र अन्य खर्चका लागि उपयोग हुने र बाँकी रु ४०० कक्षा १२ को परीक्षामा मिलान गरिदिने सहमति भएको छ । बोर्डले यस्तो व्यवस्था गरेको सूचना नै प्रकाशित गरेको छ । बोर्डले सहमति जनाएको भए पनि  रु ५०० को सट्टा रु ४०० मात्रै लिइनुपर्ने मैनालीको तर्क छ । विद्यार्थीबाट करीब रु चार लाख असुल गरी हिनामिना गर्न नपाइने उहाँले बताउनुभयो । परीक्षा बोर्डले अहिले बुझाएको रु ५०० बाट नियमित तर्फका विद्यार्थीहरुको कक्षा १२ को परीक्षा आवेदन शुल्कमा मिलान गरिने र आंशिक तर्फका विद्यार्थीको ट्रान्स्किप्ट, प्रोभिज्नल सर्टिफिकेट र माइग्रेसनमा लाग्ने एक हजार ४५० मध्येको शुल्कमा मिलान गरी एक हजार १०० मात्र शुल्क लाग्ने गरी साउन २३ मा शुल्क मिलान गरिएको बोर्डका काफ्लेले बताउनुभयो । 

पहिले बोर्डले लिएको शुल्क कक्षा १२ मा मिलान हुने निर्देशन भएकाले सोहीअनुसार गरिएको फौजसिंह माविका शिक्षक केदार काफ्लेले बताउनुभयो । इकाइ प्रमुख रामआधार कुशवाहले बोर्डले कोभिड–१९ का कारण रोकिएको कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्ने कार्यविधि बनाएको बताउनुभयो । उहाँका अनुसार परीक्षामा जिल्लाका क्याम्पससहित तीनवटासहित ६७ वटा मावि रहेकामा अहिले कक्षा ११ को पठनपाठन चलेका ६१ वटा माविहरुमा परीक्षा सञ्चालन हुने र उक्त परीक्षामा पाँच हजार २६१ जना नियमिततर्फ र दुई हजार ६६२ जना आंशिक तर्फका गरी जम्मा सात हजार ९२३ परीक्षार्थीको सहभागिता रहने बोर्डले जनाएको छ । जिल्लामा ४८ सामुदायिक, १६ निजी र तीनवटा क्याम्पस रहेका छन् ।

जिल्लामा कक्षा ११ को परीक्षा सबै विद्यालयले एउटै मितिमा सञ्चालन गर्ने सहमति जुटेको छ । बोर्डले कक्षा १२ को परीक्षा मङ्सिर ९ बाट सञ्चालन गर्ने मिति तोकेको र त्योभन्दा अघि नै कक्षा ११ को परीक्षा सक्न कार्यविधिमा भनिएको कुशवाहले बताउनुभयो । परीक्षाको मिति तयसँगै विद्यालयले त्यसको तयारी पनि थालिसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ