२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग

२६ कार्तिक २०७७, बुधबार ०५:२५

विमलबहादुर विष्ट । कात्तिक २६, डोटी । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ ।

पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकाका विभिन्न वडामा शुद्ध तोरीको तेल पेल्न लागि परमपरागत कोलुको प्रयोग हुँदै आएको छ । 


काठको मुडाबाट बनेको र कम्तीमा तीनदेखि चार जनाले हातले घुमाएर तोरी पेल्न बनाएको उक्त कोलु लोप हुँदै गए पनि बोगटान फुड्सिल गाउँपालिकामा भने चलिरहेको स्थानीयवासी प्रकाश बमले बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिक मिलका कारण कोलु अधिकांश ठाउँमा बन्द भइसकेका छन् तर हाम्रा गाउँघरमा अहिले पनि चलिरहेको छ । आधुनिक मिल भन्दा कोलुमा पेलेको तेल सफा शुद्ध र राम्रो हुन्छ ।” 

नयाँ पुस्ताले कोलुलाई बिर्षदै गएको भए पनि कोलुबाट पेलिने तेल निकै अग्र्यानिक, शुद्ध र पौष्टिक हुने गरेकोले गाउँघरमा विवाह, ब्रतबन्ध र खान पकाउनका प्रयोग बढेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले कोलुलाई प्रोत्साहन गर्ने कार्यक्रम अगाडि बढाइने जानकारी दिनुभयो ।

ठूलो काठ तथा ढुङ्गामा ठाडो काठलाई राखेर त्रिकोणात्मक रुपमा राखेर तीनदेखि चार जनाले एकै चोटी हातले धकेलेर कोलुमा तोरी पेल्ने गरिने भएकाले तेल पेल्न निकै समय लाग्ने गरेको स्थानीयवासीहरु बताउँछन् । पछिल्लो समय गाउँमा विद्युतबाट सञ्चालन हुने मिलको प्रयोग पनि बढेको तर स्थानीयवासी तोरीलाई कोलु पेल्न रुचाउने गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले बताउनुभयो ।

स्थानीयवासीका अनुसार कोलुमा दिनमा कम्तीमा पनि १० देखि २० लिटर सम्म तोरीको शुद्ध तेल निकाल्न सकिन्छ । पछिल्लो समय कोरना महामारीका कारण भारतबाट आफ्नो रोजगारी छोडी गाउँ आएकाहरुले बन्द भएका कोलु पुनः सञ्चालन गर्न थालेका छन् ।

बोगटान फुड्सिल गाउँपालिका–४ का हर्कबहादुर बमले गाउँमा पुराना कोलु, पानी घट्टजस्ता सामानमा रुची बढेको बताउनुभयो ।  

जोरायल गाउँपालिकाका स्थानीयवासी प्रकाशबहादुर रावलले कोरोनापछि बेरोजगार भएका युवाहरु गाउँमा फर्किएर पुराना तथा आधुनिक संरचना निर्माण गर्न थालेपनि यसमा सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने