कमल बेल्बासे | साउन १६, कपिलवस्तु | श्रीलंकाकी महिला बालबालिका मन्त्री सहित दुई उपमन्त्री र साँसद गरि १७ सदस्यिय टोलीले कपिलबस्तुको बुद्धस्थल कुदानको अवलोकन गरेको "/>
कमल बेल्बासे | साउन १६, कपिलवस्तु | श्रीलंकाकी महिला बालबालिका मन्त्री सहित दुई उपमन्त्री र साँसद गरि १७ सदस्यिय टोलीले कपिलबस्तुको बुद्धस्थल कुदानको अवलोकन गरेको छ । महिलामन्त्री चन्द्राणी बण्डारा, महवेली बिकास तथा वातावरण उपमन्त्री अनुराधा जयरत्ने, कानुन तथा बुद्ध शासन उपमन्त्री एच.आर. सारथी दुश्मन्त, साँसदहरु र दुई उच्च अधिकारी सहितको टोलीले कुदानको अवलोकन गरेको हो । बुद्धस्थल कपिलवसतु आएका उनीहरुलाई लुम्बिनीका भिक्षु मैत्री महाअस्थबिरले कुदानको अवलोकन गराउदै आवश्यक जानकारी दिनु भएको थियो । बुद्धस्थल कुदान आएका उनीहरुको टोलीको पर्यटक बस बसपार्क अभावले पार्किङ्ग गर्न नपाउदाँ हिलोमा फसे पछि बुद्धका बाबु राजा शुद्धोधनको राजधानी तिलौराकोट भ्रमण गर्ने योजना भने रद्द भएको थियो । कुदान भगबान गौतम बुद्ध ज्ञान प्राप्त गरि पहिलो पटक राजधानी कपिलवस्तु आउदा आमाबुवासंग भेट गरेको महत्बपुर्ण स्थल मानिन्छ । आफुहरु बुद्धस्थलको भ्रमणको योजना सहित नेपाल आएको र नेपालका बुद्धस्थलमा आउदा सुखी लागेको बताउदै बुद्धस्थलको भौतिक संरचना निर्माणमा ध्यान दिन आवश्यक रहेकोमा मन्त्री बण्डाराले जोड दिनु भयो ।कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
श्रीलंकाली मन्त्री र सांसदको टोलीकपिलबस्तुको बुद्धस्थल कुदानमा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार