मङ्सिर २४, काठमाडौँ । वैदेशिक रोजगार विभागले भिजिट भिसामा रोजगारीको लागि विदेश गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै अवैधानिक रुपमा भिजिट भिसाबाट वैदेशिक रोजगारमा गएका वा गएर अलपत्र परेका वा जाने भनी राहदानी वा रकम वुझाएका व्यक्तिहरुलाई तीस दिन भित्र यथेष्ट प्रमाण सहित विभागमा निवेदन दिन आग्रह गरेको हो ।

भिजिट भिसामा पठाएको वा पठाउने म्यानपावर वा व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगाना सहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुहुन वा विभागको अनुगमन शाखाको इमेल ठेगना [email protected] मा इमेल गरि उजुरी दिनको लागि विभागले अनुरोध गरेको छ ।

"पछिल्लो समय विभिन्न इजाजतपत्रवाला (म्यानपावर)संस्थाले खाडी लगायत अन्य मुलुकमा वैदेशिक रोजगारको लागि पठाइदिने भनि विभिन्न व्यक्तिहरु सँग राहदानी र चर्को रकम असुल गरी भिजिट भिसामा अवैध तरिकाले पठाउने गरेको भन्ने प्राप्त सूचना एवम उजुरीको आधारमा विभागवाट खटिइगएको आकस्मिक अनुगमन टोलीले विभिन्न म्यानपावरमा र ट्राभल एण्ड टुर्समा आकस्मिक अनुगमन गर्दा वैदेशिक रोजगारको लागि भिजिट भिसा मार्फत व्यक्तिहरु पठाउने गरेको प्रमाण फेला पारी आवश्यक कागजात नियन्त्रणमा लिई हाल सो कार्यमा संलग्न संस्था उपर छानविन भइरहेको क्रममा वैदेशिक रोजगारीको लागि भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएका व्यक्तिहरुवाट आफूहरु ठगीमा परेको भनि विभाग समक्ष उजुरी प्राप्त भइरहेको छ" विभागद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

भिजिट भिसाको धन्दा ! एजेन्टले तीन साता झुलाए, दुई पटक पिसीआर गराए, साढे तीन लाख अशुले

भिजिट भिषाको धन्दा: एकै दिन ४ म्यानपावर र ट्राभलमा छापा (भिडियो सहित)

December 9, 2020
काठमाडौँ - KTM, बैदेशिक रोजगार
विभागले भन्यो :
By साझासवाल
4 मिनेट पढाइ