साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ । 

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ । 

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करो"/>

2026-09-11 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पौने तीन करोडको ट्युबेल जडान

साउन १९, सप्तरी । भूमिगत सिँचाइको माध्यमबाट सगरमाथा अञ्चलअन्तर्गतका तीन जिल्लाका सिँचाइ सुविधा पुर्याउन रु दुई करोड ८५ लाखको लागतमा स्यालो ट्युबेल जडान भएको छ । 

भूमिगत जलस्रोत विकास समितिको कार्यालय लहानद्वारा सिरहामा गत आवमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल, सप्तरीमा रु एक करोड २७ लाख ५० हजारको लागतमा २५५ स्यालो ट्युबेल तथा उदयपुरमा रु ३० लाखको लागतमा ५० स्यालो ट्युबेल जडान गरिएको छ । 

सो ट्युबेलको निर्माणबाट सिरहामा एक हजार २० बिगाहा, सप्तरीमा एक हजार २० बिगाहा र उदयपुरमा २०० बिगाहा जमिन सिञ्चित भइरहेको कार्यालय प्रमुख चेतबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यालयद्वारा भूमिगत सिँचाइ परियोजनाअन्तर्गत सिरहा, सप्तरी र उदयपुरको विभिन्न स्थानमा डिप ट्युबेल जडान एवम् निर्माणकार्य भइरहेको छ । 

त्यस्तै कार्यालयले गत आवमा भारतीय अनुदानमा रु एक करोड एक लाख ८१ हजारको लागतमा सप्तरीमा ८० स्यालो ट्युबेल तथा १० सिँचाइ इनार निर्माण गरेको छ । सो ट्युबेल तथा इनार सप्तरी, राजविराज, बौरीय, विष्णुपुरकटी र तैरोहतामा निमार्ण गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस