१ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गण्डकीका सबै जिल्लामा विपद् उद्धार एकाइ स्थापना हुने

१ माघ २०७७, बिहीबार ०८:४५

माघ १, काठमाडौँ | गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभएको छ ।  

भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उहाँले २०७२ सालको भूकम्पबाट पाठ सिकेर अब बन्ने संरचनालाई भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिनुभयो । “ भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि स्थानीय तहले मापदण्ड बनाएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ”, उहाँले भन्नुभयो, “परम्परागतशैलीमा बनाइएका भौतिक पूर्वाधारलाई क्रमशः विस्थापित गर्दै लग्नुपर्छ ।” 

मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा विपद् उद्धार एकाइ ‘रेस्क्यु युनिट’ स्थापना गर्न थालेको जानकारी दिदैं विपद्का बेला तत्काल उद्धारकार्यमा खटिन सक्नेगरी तयारी अवस्थामा राख्न आवश्यक स्रोतसाधनसहित रेस्क्यु युनिट खडा गर्न लागिएको बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आवश्यक स्रोतसाधनले भ्याएसम्म पर्वतमा उद्धार कार्यका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताउँदै कुनै पनि ठाउँमा घटना हुने वित्तिकै वा हुने सम्भावना देखिएमा तत्काल सुरक्षा निकायलाई खबर गर्न सबैमा आग्रह गर्नुभयो ।

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले अहिले स्थानीय तहमा भूकम्पप्रतिरोधी संरचना निर्माणका लागि जिम्मेवारी आएको बताउँदै प्राविधिकले गरेको नक्शापासबिना कुनै पनि संरचना नबनाउन तथा बनाउन नदिनका लागि जनप्रतिनिधिहरु जिम्मेवार हुन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । 

भूकम्प पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लामा ०७२ सालपछिको भूकम्पका कारण भत्किएका विद्यालयका संरचनाको पुनःनिर्माण प्रभावकारी रुपमा अघि बढेको बताउँदै पछिल्लो समय निर्माण भएका सबै संरचना पूर्णरुपमा भूकम्पप्रतिरोधी भएको जानकारी दिनुभयो । 

सो अवसरमा सशस्त्र प्रहरी बलको चण्डिका गणका प्रहरीले भूकम्प र भूकम्पपछिको उद्धारकार्यको नमूना प्रदर्शन (डेमोस्ट्रेसन) गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै