२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोरोनाविरुद्धको खोप पत्रकारलाई प्राथमिकतामा राख्न माग

२ माघ २०७७, शुक्रबार १२:५५

माघ २, कास्की | नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारण सभाले नेपालमा कोरोनाविरुद्धको खोप आयसँगै सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । साधारण सभाले १० बुँदे घोषणा पत्र जारी गर्दै समाचार सम्प्रेसणका क्रममा ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च मारमा रहेको जनाइएको छ ।

विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसका कारण विभिन्न सञ्चार संस्थाले श्रमजीवी पत्रकार र कर्मचारी निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने र जागिर छाड्नका लागि मानसिक तनावसमेत दिएको पाइएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

महामारीको अवस्थामा पनि सरकार र सञ्चार संस्था जिम्मेवार बन्न नसकेको महसुस गर्दे थप जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन व्यवहारिक कार्यान्वयनका लागि सशक्त भूमिका खेल्न नेपाल पत्रकार महासङ्घ केन्द्रलाई आग्रह गर्दे सञ्चारमाध्यमलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

प्रेससँग सम्बन्धित नीति निर्माण गर्दा सङ्घीयताको मर्मअनुरुपको संरचना तयार गरिनुपर्नेमा जोड दिँदै महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सङ्कुचन हुने गरी कुनै पनि ऐन कानून र नियमावली नबनाउन तीनै तहका सरकारसँग आग्रहसमेत गरेको छ । महासङ्घले शुरु गरेको पत्रकार शुद्धीकरण कार्यलाई निष्कर्षमा पु¥याउनाका साथै क्रियाशील पत्रकारलाई सदस्यता वितरण गर्न माग गर्दै पारित प्रस्तावमा महासङ्घलाई व्यवहारिकरुपमा समावेशी बनाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रकारिता पेशालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन क्षमता अभिवृद्धिका योजना सञ्चालन गर्नुपर्नेमा पारित प्रस्तावमा जोड दिइएको छ । कोरोना सङ्क्रमण कोभिड—१९ का कारण दिवङ्गत हुनुहुने श्रमजीवी पत्रकारसहित सम्पूर्णको आत्माको चिरशान्तिको कामना गर्दै उपचारारतको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । पत्रकार महासङ्घ कास्कीका ३३ जना पत्रकारलाई कोरोना सङ्क्रमण भएकामा सबै सङ्क्रमणमुक्त भई कार्य क्षेत्रमा सक्रिय रहनुभएको छ । शाखामा हाल ३०० जना सदस्य आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो