2026-09-13 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कोरोनाविरुद्धको खोप पत्रकारलाई प्राथमिकतामा राख्न माग

माघ २, कास्की | नेपाल पत्रकार महासङ्घ कास्कीको १५औँ साधारण सभाले नेपालमा कोरोनाविरुद्धको खोप आयसँगै सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । साधारण सभाले १० बुँदे घोषणा पत्र जारी गर्दै समाचार सम्प्रेसणका क्रममा ज्यानको जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च मारमा रहेको जनाइएको छ ।

विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसका कारण विभिन्न सञ्चार संस्थाले श्रमजीवी पत्रकार र कर्मचारी निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने र जागिर छाड्नका लागि मानसिक तनावसमेत दिएको पाइएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

महामारीको अवस्थामा पनि सरकार र सञ्चार संस्था जिम्मेवार बन्न नसकेको महसुस गर्दे थप जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन व्यवहारिक कार्यान्वयनका लागि सशक्त भूमिका खेल्न नेपाल पत्रकार महासङ्घ केन्द्रलाई आग्रह गर्दे सञ्चारमाध्यमलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

प्रेससँग सम्बन्धित नीति निर्माण गर्दा सङ्घीयताको मर्मअनुरुपको संरचना तयार गरिनुपर्नेमा जोड दिँदै महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार सङ्कुचन हुने गरी कुनै पनि ऐन कानून र नियमावली नबनाउन तीनै तहका सरकारसँग आग्रहसमेत गरेको छ । महासङ्घले शुरु गरेको पत्रकार शुद्धीकरण कार्यलाई निष्कर्षमा पु¥याउनाका साथै क्रियाशील पत्रकारलाई सदस्यता वितरण गर्न माग गर्दै पारित प्रस्तावमा महासङ्घलाई व्यवहारिकरुपमा समावेशी बनाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रकारिता पेशालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन क्षमता अभिवृद्धिका योजना सञ्चालन गर्नुपर्नेमा पारित प्रस्तावमा जोड दिइएको छ । कोरोना सङ्क्रमण कोभिड—१९ का कारण दिवङ्गत हुनुहुने श्रमजीवी पत्रकारसहित सम्पूर्णको आत्माको चिरशान्तिको कामना गर्दै उपचारारतको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । पत्रकार महासङ्घ कास्कीका ३३ जना पत्रकारलाई कोरोना सङ्क्रमण भएकामा सबै सङ्क्रमणमुक्त भई कार्य क्षेत्रमा सक्रिय रहनुभएको छ । शाखामा हाल ३०० जना सदस्य आबद्ध हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन