2026-09-13 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सुरक्षा चुनौती सम्हाल्दै बैदाम प्रहरीमा महिला इञ्चार्ज

माघ ६,पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इञ्चार्जको जिम्मेवारी  प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन्। 

केही दिनअघि मात्र जिम्मेवारी सम्हालेकी प्रमुख तामाङलाई  पोखरामा क्रियाशील महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले कार्यकालको शुभकामनासहित पोखरामा स्वागत गरेको छ। 

मञ्चका अध्यक्ष पार्वती पाण्डेले सुरक्षा चुनौती रहिरहने लेकसाडइको वडा प्रहरी कार्यालयमा पहिलोपल्ट महिला इञ्चार्ज पाएको उल्लेख गर्दै यस क्षेत्रको शान्तिसुरक्षा र अमनचैनमा थप सुधार आउने विश्वास व्यक्त गरिन्।

‘हामीले पहिलोपटक महिला इञ्चार्ज पाएका छौं, यो निकै खुसीको कुरा हो, महिला व्यवसायीले अब निर्धक्कका साथ आफ्नो कुरा राख्न सहज हुने विश्वास हामीले गरेका छौं’, पाण्डेले भनिन्। 

इञ्चार्ज तामाङले सुन्दर सहरमा सुन्दर मनहरूको स्वागतले आफूलाई थप हौसला मिलेको बताए। उनले भनिन्, ‘यो स्वागतले मलाई अझै बढी जिम्मेवार बनाएको छ। आफ्नो क्षेत्राधिकारभित्र रहेर शान्तिसुरक्षामा जोड दिँदै अपराध न्यूनीकरणका लागि पहल गर्नेछु।’

उनले आफू आएदेखि चोरीडकैती ‘केस’ अलि बढी आएको जनाउँदै सबै व्यवसायीलाई सिसी टिभी राख्नसमेत आग्रह गरिन्। उनले भनिन्, ‘नेपाल प्रहरीले सीमित स्रोत र साधनबाट अपराध अनुसन्धानमा काम गरिरहेको छ, कतिपय घटनाहरूको अनुसन्धान निकै जटिल हुने गर्छ, सिसी टिभी राख्नुभयो भने अपराध अनुसन्धानमा सहयोग पुग्छ।’ 

उनले समाजलाई अपराधरहित बनाउन नागरिकको पनि साथ आवश्यक रहने बताइन्।‘हामी बर्दीसहितका प्रहरी हौं, नागरिक बर्दीविनाका प्रहरी हुन्, अपराधरहित समाजका लागि हामी सबैको हातेमालो आवश्यक छ।’ 

उनले पर्यटकीय क्षेत्रको जिम्मेवारीलाई आफूले अवसरसँगै चुनौतीका रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबावमा नपरी नागरिकका लागि काम गर्ने बताइन्।  

मञ्चका संस्थापक अध्यक्ष जमुना पराजुली, उपाध्यक्ष उमा भण्डारी, सचिव ममता न्यौपाने लगायतले लेकसाइडका विभिन्न ठाउँमा हुने गरेका अवाञ्छित गतिविधिले व्यवसायीलाई असर गरेको जनाउँदै समाधानका लागि प्रहरी प्रशासनको सक्रियता बढाउन आग्रह गरेका थिए। 

लेकसाइडमा राति ‘मोडिफाई’ गरेका मोटरसाइकलका आवाज र डान्स डिस्कोबारका ध्वनि प्रदूषणसँगै लागुऔषध, मादक पदार्थ सेवन गरेर मध्यरातमा होहल्ला गर्ने र चोरीडकैतीसमेत बढ्दै गएकाले पर्यटकीय क्षेत्रको शान्तिसुरक्षा र पर्यटनमैत्री वातावरणका लागि प्रहरी प्रशासनले विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन