२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लामा अज्ञात रोगले मर्न थाले गाईबस्तु

२२ माघ २०७७, बिहीबार ०६:३४

माघ २२, हुम्ला । अज्ञात रोगको सङ्क्रमणले गाईबस्तु धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । हुम्लाको तल्लो क्षेत्रस्थित अदानचुली गाउँपालिकामा किसानका घरपालुवा गाईबस्तुमा अज्ञात रोगको सङ्क्रमण फैलिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । 

निकै लामो समयको खडेरीले गर्दा विभिन्न किसिमका अज्ञात रोगको सङ्क्रमण भई गाईबस्तु मर्ने गरेका छन् । मङ्गलबार मात्रै अदानचुली गाउँपालिका–४ को बिगोठी गाउँमा पाँच गाईबस्तु अकस्मात मरेको स्थानीयवासी राजबहादुर बुमीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “के कति कारणले, कस्तो रोगले मरेका हुन् त्यसको बारेमा थाहा छैन्, अकस्मात पशु मर्न थालेका छन्” । यस्तै केही दिनअघि पनि धेरै ठाउँमा गाईबस्तु मरेको खबर आएका छन् । “अहिलेसम्म रोगको पहिचान हुन सकेको छैन । पहिचान हुन नसक्दा उपचार नपाएर गाईबस्तु मर्ने क्रम जारी छ”, उहाँले भन्नुभयो, “रोगको पहिचान हुन नसक्दा उपचारसमेत गराउन पाइएको छैन ।”

सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि रोकथाममा चाँसो नदिँदा गाईबस्तु मर्न थालेको बुमीको दुःखेसो छ । यस सम्बन्धी कार्यालयमा कुनै जानकारी वा सूचना नआएको गाउँपालिका पशुसेवा शाखाले जनाएको छ । “कुन ठाउँमा हो, हामीलाई कुनै पनि जानकारी आएको छैन । यदि आयो भने हामी तत्काल गएर हेर्ने र गाउँपालिकामा भएको औषधि प्रयोग गर्ने तथा नभए प्रक्रिया अगाडि बढाउन सक्ने शाखाका प्राविधिक अमर बुमीले बताउनुभयो । 

अज्ञात रोगबारे पशु स्वास्थ्य प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्थलगत निरीक्षण गरे मात्र भन्न सकिने बुमीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान