2026-09-01 12:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा दुई लाख १२ हजार मतदाता

माघ २५, तम्घास । गुल्मीमा कूल दुई लाख १२ हजार २४९ मतदाता रहेका छन् । यसभन्दा अगाडि विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा कूल एक लाख ९६ हजार ३४२ मतदाता रहेका थिए । अघिल्लो निर्वाचनभन्दा १६ हजार ६०७ जना मतदाता थपिएका छन् । अघिल्लो निर्वाचनपश्चात् मृत्यु भएका मतदाताको सङ्ख्या यसमा घटाइएको छैन । सम्बन्धित पालिकामा मतदाता नामावलीमाथि अध्यावधिक गर्ने, विरोध तथा त्रुटि सच्याइएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख श्यामलाल पाण्डेले जानकारी दिनुभयो । 

विसं २०७४ मा एक लाख ९६ हजार ३४२ मतदाता रहेकामा एक लाख एक हजार ६६१ जना महिला, ९४ हजार ६८० पुरुष तथा एक जना यौनिक तथा अल्प सङ्ख्यक थिए भने निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख पाँच हजार ४२५ मतदाता थिए भने क्षेत्र नं २ मा ९० हजार ९१७ मतदाता रहेका थिए । जिल्लामा निर्वाचनका लागि १२ वटा नयाँ मतदानस्थल थप गर्न जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सिफारिस गरेको छ । रेसुङ्गा नगरपालिका र धुर्कोट गाउँपालिकामा तीन÷तीन वटा, चन्द्रकोट र सत्यवतीमा दुई÷दुई तथा गुल्मीदरबार र कालिगण्डकीमा एक÷एक वटा केन्द्र थप गर्न सिफारिस गरिएको निमित्त कार्यालय प्रमुख पाण्डेले जानकारी दिनुभयो ।  

यसभन्दा अगाडि १३८ मतदानस्थल रहेकामा अहिले सिफारिस गरिएका स्थल स्वीकृत भए जिल्लामा कूल मतदानस्थलको सङ्ख्या १५० हुनेछ । निर्वाचन आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएकालाई आगामी निर्वाचनका लागि मतदाताका रुपमा योग्य ठहर गरेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीबाट मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन सुन प्रतितोला ५०० र चाँदी १५ रुपैयाँले घट्यो त्रिशूली बाढीमा ठूलो मानवीय क्षति, बेत्रावतीमा एकै घरमा २२ शव फेला ग्यास नपाएपछि गोरखामा खाली सिलिण्डरसहित स्थानीयको प्रदर्शन वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन