२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

हुम्लामा घुम्ती विद्यालय दयनीय

२०७७, ३० माघ शुक्रबार ०४:५२

दाने बोहरा । माघ ३०, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–८ डाँडाफयाको चुकेडी गाउँमा रहेको एक सामुदायिक विद्यालयको अवस्था दयनीय बनेको छ । विसं २०६२÷६३ मा स्थापना भएको कैलाश माविको उपशाखाको कक्षा ३ सम्म पढाइ हुने घुम्ती विद्यालय पाँच वर्षदेखि उजाड बनेको छ ।

न भवन छ, न विद्यार्थी बस्ने डेस्कबेन्च नै, यहाँका बालबालिका पढ्नका लागि दुई घण्टाको पैदल हिँडेर अर्को विद्यालय जान बाध्य भएका छन् । पाँच वर्षसम्म सञ्चालनमा आएको उक्त घुम्ती विद्यालय अहिले गाईवस्तु र घोडा, खच्चड बस्ने गोठ बनेको छ ।

गाउँका अगुवा र सम्बन्धित निकायले चासो नदिँदा घुम्ती विद्यालयको अवस्था दयनीय बनेको स्थानीय प्रकाशबहादुर शाहीले गुनासो पोख्नुभयो । “बालबालिका पढ्नका लागि साढे एक घण्टाको पैदल हिँडेर विद्यालय जान बाध्य भएका छन्, गाउँमै स्थापना भएको विद्यालय जीर्ण अवस्थामा छ, न त डेस्क नै, न त भवन नै राम्रो छ”, उहाँले गुनासो पोख्नुभयो ।

उहाँका अनुसार विद्यालयको छानो गत वर्षको हावाहुरीले उडाउँदा जस्तापाता चोरी भएर आकाश देखिने भएको छ, । विद्यालय बनाएको भवन अहिले गोठ बनेको छ, कक्षा कोठाभरि गाईवस्तुका गोबरका साथै विभिन्न फोहरले दुर्गन्धित हुनुका साथै हेरिनसक्नुभएको छ । विद्यालय बनाएको भवन प्रयोगमा नआउँदा स्थाीनयवासीले घोडा, खच्चड राख्ने गोठ बनााइएको छ ।

सरोकारवाला निकायले सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिँदा विद्यालयको अवस्था हेर्दा रुन मन लागेको अर्का स्थानीयवासी दीपक शाहीले गुनासो गर्नुभयो । साविक वडा १, २ र ४ का गाउँमा बसोवास गर्ने बालबालिकाका लागि कैलाश माध्यामिक विद्यालयको उपशाखा घुम्ती विद्यालय बने पनि यसको संरक्षणमा कसैले चासो नदिँदा जीर्ण अवस्थामा पुगेको शाहीले बताउनुभयो ।

“विद्यालय भवन निर्माण गरेर मात्रै नहुनेरहेछ, यसको संरक्षण, व्यवस्थापनका साथै शिक्षक दरबन्दी नहुँदा विस्तारै ओझेलमा पर्दोरहेछ”, उहाँले भन्नुभयो । पहिला पाँच वर्षसम्म सञ्चालन हुँदा एक जना शिक्षकले धानेको विद्यालय अहिले शिक्षकको दरबन्दी नहुनुका साथै भएको शिक्षकलाई तलब दिने पैसाको व्यवस्था गर्न नसक्दा समस्या निम्तएको हो । पहिला कैलाश माविमा शिक्षक दरबन्दीअनुसार नहुँदा उपशाखा घुम्ती विद्यालयमा शिक्षक अभाव हुँदा अवस्था जीर्ण बनेको हो ।

“विद्यालयको नाममा जग्गा धेरै छ, सातकोठे भवनसहित दुईकोठे व्यवस्थित शौचालय निर्माण भएको थियो तर अहिले विद्यालयको भौतिक संरचना हेर्दा दया लागेर आउँछ”, उहाँले बताउनुभयो । शाहीका अनुसार उक्त विद्यालयको झ्यालढोका फुटाएर चोरी भएका छन्, अधिकांश जस्तापाता छैनन्, भवन भत्किएका छन् । विभिन्न निकायमा विद्यालय पुनः सञ्चालनका लागि आग्रह गर्दा कोही कसैबाट सुनुवाइ हुन नसकेको बताइएको छ । भएका भौतिक संरचना तोडफोड हुनुका साथै चोरी भएपछि कक्षाकोठाजस्तो देखिँदैन उजाड बनेको छ । भएको विद्यालय प्रयोगविहीन हुँदा शिशु, एक र दुई कक्षामा अध्ययनरत विद्यार्थीले समेत साढे एक घण्टादेखि दुई घण्टाको पैदल हिँडेर जानुपर्ने बाध्यता रहेको छ । 

घुम्ती विद्यालय प्रयोगविहीन र जीर्ण अवस्थामा हुँदा चुकेडी बस्तीका अधिकांश बालबालिकाले पढ्न पाएका छैनन् । चिसोका कारण छ महिना पढाइ हुने हुम्लामा यहाँका बालबालिकालाई विद्यालय टाढा हुँदा विद्यालयमा पढाइ भए पनि नियमित उपस्थित हुने बानी उनीहरूको छैन । “पुस्तौँदेखि शिक्षाबाट वञ्चित यहाँका नागरिक, बालबालिकालाई पढाउन विद्यालय खोलियो तर उनीहरूको गाउँमा विद्यालय खुल्दा पनि लेखपढ गर्न पाएका छैनन्”, शाहीले भन्नुभयो ।

दुर्गम क्षेत्रका सरकारी स्कूललाई पूर्वाधार र शैक्षिक गुणस्तरमा सुधार गर्न पर्याप्त बजेट नहुँदा समस्या बनाएको छ । कैलाश माविमा दरबन्दीअनुसार कर्मचारी र भौतिक संरचना राम्रो भए पनि यसको उपशाखा खोलिएको घुम्ती विद्यालयका लागि पर्याप्त पूर्वाधार र शैक्षिक गुणस्तर नहुँदा नाजुक बनेको हो । यसका लागि विद्यालय व्यवस्थापन समिति र वडाले कुनै चासो देखाएका छैनन् । पाँच वर्षअघि जिल्लामा सञ्चालित उपाप संस्थाले सो भवन निर्माण गरेको थियो । अहिले यो संस्था नै नभएकाले यसको अवस्था दयनीय बनेको हो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण