Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कालिकोटमा सडक निर्माणमा खटिएका मजदूरको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>फागुन ५, कालिकोट । </b>कालीकोटको पचालझरना गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सडक निर्माणमा खटिएका महिला मजदूरको मृत्यु भएको छ । सडक निर्माण गर्दै गर्दामाथि आएको ढुङ्गाले च्यापिएर पचालझरना गाउँपालिका–३ कि ४७ वर्षीया बिउरा ऐडीको मृत्यु भएको हो ।&nbsp;<br></p><p>प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाको लाफा चौथा सडक मर्मत काम गरिरहेको बेला माथिबाट खसेको ढुङ्गामा च्यापिएर उहाँको मृत्यु भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।</p><p> ‘‘सडक निर्माण गर्दै गर्दा एक्कासि माथिबाट खसेको ढुङ्गा लागेर ऐडीको मृत्यु भएको छ’’ उहाँले भन्नुभयो,“ऐडीको परिवारलाई राहत दिने निर्णय भएको छ ।’</p>