५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि विद्यालय बन्द

१३ फाल्गुन २०७७, बिहीबार ०७:१५

फागुन १३, बझाङ । विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय केही दिनका लागि बन्द गरिएको छ। करिब एक हप्तादेखि विद्यार्थी र शिक्षक एकाएक कोरोनाको जस्तै लक्षणसहित बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो।

बिरामी विद्यार्थी र शिक्षकमा खोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने, वाकवाकी लाग्ने र घोरिरहनेजस्ता लक्षण देखिएको धुली माविका सहायक प्रधानाध्यापक धनबहादुर विष्ट भोटेले बताए। विद्यालयमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र केही शिक्षकमा यस्ता लक्षण देखिएका छन्।

एक हप्तासम्म औषधोपचार गर्दा पनि बिरामी विद्यार्थी र शिक्षकलाई ठिक नभएपछि बुधबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालय बन्द गरेको हो। दुई सय ४५ विद्यार्थी र ११ शिक्षक रहेको धुली माविले नजिकै रहेको धुली सामुदायिक स्वास्थ्य केन्द्रबाट उपचार गर्न खोजे पनि बिरामीमा कुनै परिवर्तन नआएको समेत प्रधानाध्यापक विष्ट भोटेले बताए। 

साथै, केही दिन अगाडिमात्र धलौनमा रहेको धलौन माविका विद्यार्थी र शिक्षकमा पनि यस्तो लक्षण देखा परेको र शिक्षक र विद्यार्थीलाई उक्त लक्षण सरेकाले चार दिनसम्म बन्द गरिएको थियो। उपचार गरी ठिक भएपछि अहिले विद्यालय सञ्चालनमा आएको स्थानीय वसन्त बोहोराले बताए।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकर अधिकारीले शिक्षक आन्दोलनप्रति कुण्ठा राखेर भ्रम नछर्न पूर्वशिक्षक नेताहरूलाई आग्रह गरे धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए