२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा ४० वर्षमाथिको भेट्रान फुटबल प्रतियोगिता हुने

१९ फाल्गुन २०७७, बुधबार १६:२३

फागुन १९, कास्की (रासस) । पोखरामा यही फागुन २४ देखि २९ गतेसम्म ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १० औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ ।

पूर्वराष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेलकर्मी तथा खेलकूदमा योगदान पु¥याएका व्यक्ति आबद्ध संस्था बगर भाइ खलक पोखराले प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।

पोखराको  पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका महासचिव यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा काठमाडौँ, वीरगञ्ज, हेटौँडा, चितवन, वालिङ, बुटवलबाट गरी २८ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । यसअघिका संस्करणमा भारतलगायत विदेशी मुलुकका टोलीले प्रतियोगितामा सहभागिता जनाउने गरे पनि यसपटक कोभिड–१९ का कारण विदेशी टोली छैनन् ।

चालीस वर्षदेखि ६५ वर्र्ष उमेर समूहका पाका खेलाडीको खेलबाट नयाँ पिँढीलाई खेलकूदप्रति अभिरुचि जगाई भविष्यमा खेलाडी उत्पादन गर्ने लक्ष्य आयोजकले राखेको छ । प्रतियोगिताको उपाधि विजेताले टोलीले रनिङ शिल्डसहित नगद रु एक लाख ११ हजार १११ र द्वितीय हुने टोलीले रु ५५ हजार ५५५ सहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो