2026-09-13 06:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखरामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

चैत ३, कास्की (रासस) । पोखरामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै गरेको ग१८प ४८१४ नम्बरको मोटरसाइकल दुर्र्घटनामा परी मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय माधव गिरीको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दिउँसो करीब १ बजेको समयमा भएको सो दुर्घटनामा मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर खस्दा घाइते हुनुभएका गिरीको सहारा अस्पतालमा उपचारका क्रममा साँझ मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने ३२ वर्षीय गोविन्द गिरी घाइते भएकामा फिस्टेल अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । उहाँको अवस्था मध्यम रहेको बताइन्छ । 

यसैगरी आज बिहान जीप र मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुई जना घाइते भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुलस्थित पोखरा–बागलुङ सडकखण्डमा पर्वतबाट काँडेतर्फ आउँदै गरेको ग१ज ६९५० नम्बरको जीप र विपरीत दिशातर्फ जाँदै गरेको ध२प १११९ नम्बरको मोटरसाइकल बिहान ६ः०० बजेको समयमा एकापसमा ठक्कर खाएको थियो ।

घटनामा मोटरसाइकल चालक जिल्ला तनहुँ घर भई हाल अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल डेरा गरी बस्ने १८ वर्षीय महमद समिन र मोटरसाइकल पछाडि सवार अन्नपूर्ण गाउँपालिका–६ हाइजुङ बस्ने वर्ष १७ वर्षीय विश्व नेपाली घाइते भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइते दुवैको अवस्था गम्भीर रहेको र हाल मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन