२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चौध वर्षीय बालक १० दिनदेखि बेपत्ता

१० चैत्र २०७७, मंगलवार ०४:३६

चैत १०, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् ।

केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताउनुभयो । सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गर्नुभयो । दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उहाँले बताउनुभयो । चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिनका लागि प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएको विकले जानकारी दिनुभयो ।

सुर्खेत पुगेका विकले मोबाइल तालिमसँगै सङ्गीत सिकिरहेका थिए । बेपत्ता विकको मोबाइल स्वीचअफ छ । विक सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ