२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

शिक्षा

सीमा सुरक्षा चौकीलाई सञ्चारमा जोडिन कठिनाइ

२४ चैत्र २०७७, मंगलवार ०५:१४

चैत २४, सिमिकोट । नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिङ्कको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।

हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा सुरक्षा चौकीसँग सम्पर्क गर्न कठिन भएको सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गेहेन्द्र भण्डारीले बताउनुभयो । वल्र्डलिङ्कको इन्टरनेट सेवाले सम्पर्क गर्न केही सहज भए पनि हाल सो सेवा बिग्रिएपछि यतिखेर सम्पर्क गर्न कठिन भएको उहाँले बताउनुभयो ।

त्यतिमात्रै नभई सो ठाउँको अर्को टेलिकमको भिस्याट टेलिफोनसमेत बिग्रिएको उपरीक्षक भण्डारीले बताउनुभयो । चौकीका लागि स्थापना भएको भिस्याटबाट सिधै क्षेत्रीय र प्रधान कार्यालयमा मात्र सम्पर्क हुने र हिल्साको चौकीका बारेमा बुझ्न आफूले केन्द्रसँग सम्पर्क गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

उक्त सीमाक्षेत्रमा सोलारबाट सञ्चालन हुने भिस्याटमा घाम लागेको दिन मात्रै सम्पर्क हुने नत्र सम्पर्कविहीन हुने गरेको छ । यस वर्ष हिमपात कम भएका कारण चार हजार छ मिटर अग्लो नारालेक पार गरेर यारीमा आएपछि टेलिकमको सम्पर्कमा जोडिने गरेको छ । चौकीमा खटिएका सुरक्षाकर्मीले घरपरिवार र आफन्तसँग सम्पर्क गर्न सक्ने अवस्था अझै न्यून छ । दुई वर्ष अगाडि नै नारालेकमा टावर बन्ने गरी बोलपत्र गरेको भए पनि हालसम्म सो टावर बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली