कोरोना कहर : नेपालगञ्जका विद्यालय एक साता बन्द

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
2 Min Read

वैशाख २, नेपालगञ्ज । कोरोना भाइरस सङ्क्रमण बढेपछि नेपालगञ्ज उपमहानगरपालिकामा शुक्रबारदेखि शैक्षिक संस्था बन्द हुने भएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आज बसेको बैठकले नेपालगञ्जमा पछिल्लो समय कोभिड सङ्क्रमण उच्चगतिमा बढेपछि उपमहानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एक साताका लागि बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापामगरले जानकारी दिनुभयो ।

नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।

मास्क अनिवार्य लगाउनेलगायत स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय भएको छ । मास्क नलगाई कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर मास्क नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण तीव्रगतिमा फैलिएपछि मास्क नलगाई सडकमा निस्कनेलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउन आग्रह गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । छिमेकी मुलुक भारतमा तीव्ररूपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमणदर अस्वाभाविकरूपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्थाका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरोकारवाला सबैसँग बैठक गरी कोरोना सङ्क्रमणविरुद्ध सबै एक भएर अभियान सञ्चालन गरिने बताउनुभयो । “म आज मात्रै जिल्लामा आएको छु, आजै नेपालगञ्ज उपमहानगरपालिका सङ्क्रमण रोकथामका लागि आवश्यक छलफल गर्न बैठक गर्दैछौँ”, प्रमुख जिल्ला अधिकारी गेलालले भन्नुभयो, “भोलिसम्म सबै स्थानीय तहसँग आवश्यक छलफल गरी आइसोलेशन र क्वारेन्टिन सञ्चालनका विषयमा निर्णय हुनेछ ।”रासस

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply