२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै कार्यालयका पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि …

२०७८, ३ बैशाख शुक्रबार ०२:१२

बैशाख ३, गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो ।

त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल गरी सात जनालाई उपचारको लागि काठमाडौं लगिएको छ ।

घाइतेमध्ये डिल बहादुर थापाको प्युठानको बिजुवारामा उपचार भइरहेको र अन्य चारजनाको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रशासन कार्यालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला