२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एउटै कार्यालयका पाँच कर्मचारीको दुर्घटनामा निधन भएपछि …

३ बैशाख २०७८, शुक्रबार ०२:१२

बैशाख ३, गुल्मी । प्युठानमा जीप दुर्घटनामा परी कर्मचारीको निधन भएपछि गुल्मीको जिल्ला प्रशासन कार्यालय पाचँ दिनका लागि बन्द हुने भएको छ । बुधबार जीप दुर्घटना भएपछि बिहिबारका सबै सेवा बन्द गरिएको थियो ।

त्यस्तै वैशाख ३ गते शुक्रबारदेखि ६ गते सोमबारसम्म कार्यालयका मुद्धा र शान्ति सुरक्षाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवम् सुचना अधिकारी उद्धव पन्थीले जानकारी दिए ।

बिहीबार नयाँ बर्षको दिन पारेर जिल्ला प्रशासन कार्यालयका कर्मचारीसहित १७ जना लु १ ज १६६५ नम्बरको जीपमा प्युठानको स्वर्गद्धारी भ्रमणमा गएका थिए । तर जीप प्युठानको स्वर्गद्धारी नगरपालिका –३ रुमालेमा दुर्घटना हुँदा पाचँ जनाको मृत्यु भएको थियो ।

दुर्घटनामा परी कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्युटर अपरेटर सुर्य पन्थी, खरिदार इश्वरी भण्डारी, यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको थियो ।

दुर्घटनामा घाइते भएका सन्दिप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिस मुखिया, मुना पाण्डे र सुनिता कडेँल गरी सात जनालाई उपचारको लागि काठमाडौं लगिएको छ ।

घाइतेमध्ये डिल बहादुर थापाको प्युठानको बिजुवारामा उपचार भइरहेको र अन्य चारजनाको स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रशासन कार्यालयले जनाएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की