२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

मुख्यमन्त्री गुरुङद्वारा चैतेदशैँको शुभकामना

७ बैशाख २०७८, मंगलवार ०५:१८

वैशाख ७, कास्की  । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्न चाडपर्वले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक पर्व चैतेदशैँ तथा रामनवमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई अभैm प्रगाढ बनाउन महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभएको हो ।

लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको उपलब्धि भएको शुभाकामना सन्देशमा उल्लेख छ । कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण पुनः बढिरहेको सन्दर्भमा सम्पूर्ण सरोकारवाला निकाय रोकथाम, नियन्त्रण र उपचारमा पूर्ण क्षमताका साथ अघि बढ्नुको विकल्प नरहेको बताउँदै मुख्यमन्त्री गुरुङले हेलचक्रयाइँ नगरी स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्णरूपमा पालना गरी सतर्कता अपनाउनु हुनसमेत सबैमा अपिल गर्नुभएको छ । 

गण्डकी प्रदेश सरकारले चैतेदशैँको दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो