२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा कतै विद्यालय सञ्चालन, कतै बन्द

२०७८, ७ बैशाख मंगलवार ०८:२३

वैशाख ७, टीकापुर । सरकारको निर्णय र जिल्ला प्रशासन कार्यालय कैलालीले १० दिन कैलाली जिल्लामा रहेका विद्यालय बन्द गर्न स्थानीय तहलाई आग्रह गरेपछि कैलालीका स्थानीय तह कसैले विद्यालय चलाउने त कसैले बन्द गर्ने निर्णय गरेका छन् । 

कोरोना महामारीको जोखिम बढेको भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बसेको बैठकले १० दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेपछि कैलालीका पालिकामा शिक्षा सम्बद्ध सरोकारवाला सहभागी बैठकले विभिन्न निर्णय गरेका छन् । 

कैलालीको टीकापुर नगरपालिकाले वैशाख १५ गतेसम्म विद्यालय सञ्चालन राख्ने र वैशाख १५ गतेदेखि परीक्षा गरेर मात्र विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा अधिकृत नरेश अवस्थीले विद्यालय सञ्चालक तथा प्रधानध्यापक सहभागी बैठकले परीक्षा गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

“जोखिम बढी नरहेकाले शिक्षक, विद्यालय सञ्चालक र अभिभावकसँगको छलफलमा परीक्षा सकेर विद्यालय बन्द गर्ने सहमति भएको छ । अब वैशाख १५ गतेदेखि परीक्षा सञ्चालनको तयारी शुरु भएको छ”, शिक्षा अधिकृत अवस्थीले भन्नुभयो, “परीक्षा सकेर बन्द गर्नेछौँ । अहिले बन्द गर्दा विद्यार्थीको पढाइ प्रभावित हुने र पढेको कुरा बिर्सने डर बढी हुन्छ ।”

कैलालीको धनगढी महानगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले भने विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । जानकी गाउँपालिकाले वैशाख ७ गतेदेखि १३ गतेसम्म पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत धर्मानन्द कपाडीले जानकारी दिनुभयो । “हामीले सात दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छौँ । सात दिनपछि परीक्षाको तयारी शुरु हुन्छ”, उहाँले भन्नुभयो, “विद्यार्थीलाई परीक्षा तयारी बिदा हो तयारी गर्नुस् भनेका छौँ । जोखिम बढेपछि सरकारको निर्देशन पालना गरेका हौँ ।”

लम्कीचुहा नगरपालिकाले वैशाख ७ गतेदेखि १५ गतेसम्म पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा अधिकृत गौरीकान्त न्यौपानेले जानकारी दिनुभयो । “हामीले छलफल गर्दा सबैबाट यही सुझाव आयो, भारतबाट नेपाल फर्केका धेरै नागरिक भएकाले विद्यालयमा जोखिम हुनसक्छ भनी १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ”, न्यौपानेले भन्नुभयो, “अब विद्यालय धेरै बन्द गर्न त सकिँदैन । सबै कुरा छलफल र सहमतिमा गर्ने हो ।”

धनगढी उपमहानगरपालिकाले समेत वैशाख १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । धनगढी बढी भिडभाड हुने शहर भएकाले धनगढीमा विद्यालय बन्द गर्न सरकारले निर्देशन दिएको थियो । सोमबार सामुदायिक, निजी तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधि, प्याब्सन, एनब्याब्सनका प्रतिनिधि र अन्य सरोकारवालासँग सुझाव सङ्कलन गरेपछि वैशाख १५ गतेसम्मलाई विद्यालय बन्द गर्ने निर्णय गरिएको उपप्रमुख सुशीला मिश्र भट्टले जानकारी दिनुभयो । उपप्रमुख मिश्र भट्टले सबै पक्षसँग सुझाव लिएपश्चात् १९ वटै वडाका अध्यक्ष र शिक्षा शाखा प्रमुखको छलफलपछि विद्यालय बन्द गर्ने निर्णय भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला