२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अब बागलुङमै कोरोना जाँच

२०७८, ७ बैशाख मंगलवार १६:०२

वैशाख ७, बागलुङ (रासस) । मन्त्रीस्तरीय निर्णय भएको दश महिनापछि यहाँस्थित धौलागिरि अस्पतालमा पिसिआर मेशिन जडान भएको छ । गत वर्ष असार १२ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धौलागिरिसहित विभिन्न जिल्लाका १० अस्पतालमा पिसिआर मेशिन राख्ने निर्णय गरेको थियो । 

ढिलै भए पनि धौलागिरिवासीले पायक पर्ने ठाउँबाट कोरोना जाँचको सुविधा पाउने भएका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले पिसिआर प्रयोगशाला तयारी अवस्थामा रहेको बताउनुभयो । “मेशिन जडान भएर आजैदेखि नमूना परीक्षण शुरु गर्दैछौँ”, उहाँले भन्नुभयो, “केही दिनभित्रैमा नियमित परीक्षण थाल्छौँ ।”

नमूना परीक्षणको रिपोर्ट र सम्बन्धित विशेषज्ञबाट मेशिनको प्राविधिक जाँचपछि औपचारिकरुपमा पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ । उक्त प्रयोगशाला सञ्चालनमा आउँदा बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाले प्रत्यक्ष लाभ उठाउने छ । हाल धौलागिरि क्षेत्रका चारै जिल्ला कोरोना जाँचका लागि प्रदेश राजधानी पोखरामाथि निर्भर रहनुपर्ने बाध्यता छ । 

प्रदेशभरिबाट सङ्कलन हुने स्वाबको चापका कारण बेलैमा रिपोर्ट आउन नसक्ने स्थिति छ । गत वर्ष कोरोना महामारी शुरु हुँदाको चरणमा स्वाबको रिपोर्टका लागि हप्तौँसम्म कुनुपर्ने हुन्थ्यो । 

गण्डकी प्रदेशमै पहिलोपटक २०७६ चैतमा बागलुङकी १९ वर्षीया किशोरीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै धौलागिरि अस्पतालमै पिसिआर मेशिन राख्नुपर्ने आवाज उठेको थियो । “ढिलै भए पनि पिसिआर जाँच सेवा शुरु हुँदैछ, यो हामी सबैका लागि सुखद् कुरा हो”, मेसु पोखरेलले भन्नुभयो, “सङ्क्रमितको पहिचान, उपचारसँगै कोरोना रोकथाम तथा नियन्त्रणमा यो महत्वपूर्ण उपलब्धि हो ।” पिसिआर प्रयोगशालामा चाहिने उपकरण खरिदका लागि कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमार्फत सरकारले रु एक करोड बजेट उपलब्ध गराएको थियो । 

यस्तै जनशक्ति व्यवस्थापनमा गण्डकी प्रदेश सरकारबाट रु ४० लाख प्राप्त भएको अस्पतालले जनाएको छ । दुई जना ल्याब टेक्नोलोजिस्टसहित चार जना प्रयोगशालाकर्मी पिसिआर जाँचमा खटिने जनाइएको छ । निर्णय भएको महिनौँ बित्दासमेत पिसिआर प्रयोगशाला सञ्चालनमा नआउँदा अस्पतालप्रति बढेको जनसाधारणको गुनासो पनि अब मत्थर हुने भएको छ ।

कोरोना महामारीको दोस्रो लहरको जोखिम बढिरहेका बेला अब भने जिल्लामै पिसिआर जाँच सेवाको सुनिश्चितता भएको छ । अस्पतालका अनुसार गत फागुनसम्म कोरोना सङ्क्रमितको सङ्ख्या कम देखिए पनि चैत लागेपछि सङ्क्रमित फेरि बढ्न थालेका छन् । अस्पतालको आइसोलेसनमा फागुनमा जम्मा दुई जना सङ्क्रमित रहेकामा गत चैत महिनामा उक्त सङ्ख्या बढेर आठ पुगेको थियो ।

वैशाख लागेपछि सङ्क्रमितको सङ्ख्या झन बढेको मेसु पोखरेलको भनाइ छ । अहिले एक जना सङ्क्रमितको अस्पतालको आइसियुमा उपचार भइरहेको छ । “लक्षणसहितका सङ्क्रमित बढिरहेका छन्, बालबालिका पनि उच्च जोखिममा रहेकाले विशेष ख्याल गर्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो