2026-09-13 04:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

तीन प्रदेशसभा सदस्यसहित एक कर्मचारीमा कोरोना सङ्क्रमण

वैशाख १५, गण्डकी । गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिनुभयो ।

मङ्गलबारको बैठकको शुरुमै नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य राजीव पहारीले कोरोना परीक्षण गरेर मात्र बैठक चलाउन माग गरेसँगै सत्तापक्षीय सदस्यहरूले बैठक अवरुद्ध गरेका थिए । प्रदेशसभाको विशेष अधिवेशन अन्तर्गतको बैठकको कार्यसूचीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो ।

बैठक अवरुद्ध भएपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पिसिआर परीक्षण गरेपछि मात्रै बैठक चलाउने सहमतिबमोजिम मङ्गलबार प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षण गरी आज १ बजेका लागि बैठक बोलाइएको छ । पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएमा उक्त सदस्यले छलफलमा भाग लिन नपाउने तर मतदानमा भने भाग लिने गरी सहमति भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन