२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका दुई गाउँपालिका ‘सिल’

१ जेष्ठ २०७८, शनिबार ०९:०९

जेठ १, हुम्ला | हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ । 

ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । गाउँपालिकामा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेपछि ताँजाकोटका सम्पूर्ण कार्यालय सिल गरिएको हो ।

बुधबारबाट कोरोना परीक्षणमा झण्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएपछि कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको हो । सामान्य रुघाखोकी र ज्वरो आएका ४६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ मा सङ्क्रमण देखिएपछि थप फैलिन नदिन बढी जनसम्पर्क हुने कार्यालय सिल गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कार्यालयका सबै कर्मचारी नै महामारीमा जुट्नुपर्ने भएकाले नियमित काम स्थगन गरेर कार्यालय बन्द गर्ने निर्णय गरेको हौँ ।”

गाउँपालिका आफैँले ५०० वटा एन्टिजेन कीट खरिद गरेर बुधबारबाट परीक्षण शुरु गरेको थियो । पहिलो दिनमै आठ जनामा सङ्क्रमण पुष्टि भएको ताँजकोटमा बिहीबार स्वास्थ्यकर्मीको चारवटा टोली बनाएर विभिन्न बस्तीमा परीक्षण गर्दा कूल सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । अझै केही बस्तीमा परीक्षण गर्न बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याँकुले जानकारी दिनुभयो । 

यस्तै जिल्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा शुक्रबार चार स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा नं ५ मा १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएपछि वडा पाँचको गोठीगाउँलाई १० दिनका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिनुभयो ।

सिलपछि एक घरबाट अर्को घरमा समेत जानलाई रोक लगाइनुका साथै गाउँमा स्वयंसेवक परिचालन गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो । गाउँपालिकामा रहेका प्रत्येक वडामा परीक्षणको दायरालाई बढाइने उनको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने