२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना

४ जेष्ठ २०७८, मंगलवार ०४:५६

जेठ ४, सिमकोट (रासस) । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ । 

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना स–क्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो । 

हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एघार जना सङ्क्रमण मुक्त भइसकेका छन् । हालसम्म ताँजाकोटमा ९८ जनामा परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको छ । अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चङ्खेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय ह्ुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो । यस्तै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा गरिएको परीक्षणमा हालसम्म २० जनामा सङ्क्रमण देखिएको थियो । 

जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी सङ्ख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् । जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसयता दैनिकरूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र सङ्क्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे