रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीका पिडित किसानहरु सुगर मिलको दुर्गन्धित पानीबाट धानबाली नष्ट भएपछि चरणबद्ध आन्दोलनमा

२७ श्रावण २०७३, बिहीबार ०८:५३

रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।


पटक पटक प्रमुख जिल्ला अधिकारी लाई सयौ पिडित किसानहरुको हस्ताक्षर सहित ज्ञापनपत्र र निबेदन बुझाउदा पनि इन्द्रा सुगर मिल गंगापुर र वाग्मती खाडसारी कुडियाले बुधबार जिल्ला प्रशासन कार्यालय मा छलफल र वार्ता गर्न नआए पछि किसानहरु चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । गुठी परसौनी, नर्सही, पक्लिहवा लगायत गाउँ विकास समितिका किसानहरुको एक टोलीले प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई निवेदन र ज्ञापनपत्र बुझाएका थिए । 


प्रजिअ निवेदन र ज्ञापनपत्र बुझ्दै २६ गते किसान र सुगर मिल पक्षलाई छलफल वार्ता गर्ने बताए पनि बुधबार लगभग सय भन्दा बढि किसानहरु आज छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुग्दा समेत मिल पक्षको विभिन्न बहाना बनाउदै अनुपस्थित भएपछि किसानहरु विनोद यादवको नेतृत्वमा संघर्ष समिति गठन गरि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन । जसमा भोलि ११ बजे बुद्ध चोक देखि नारा जुलुर र्याली सहित प्रमुख जिल्ला अधिकारी लाई पुनः ज्ञापनपत्र बुझाउने र त्यसपछि गेट अगाडि कोण सभा गरिने संघर्ष समितिका अध्यक्ष विनोद यादवले साझासवाल लाई बताउनु भएको छ । 


किसानहरुको बुधबारको बैठकले क्षतिपूर्ति माग,संघर्षको चरण र संघर्ष समिति गठन सम्बन्धमा निर्णय गरेको छ । साथै भोलि नै किसान र मिल पक्ष वार्ता हुने समेत बुझिएको छ । आज किसानहरुको साथ दिदै क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तुका छोरा संघर्ष को समेत सहभागीता रहेको थियोे । साथै तमलोपा का बरिस्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले किसानहरुको समस्या समाधन र क्षतिपूर्ति दिलाउन प्रमुख अधिकारी महादेव पन्त भेट गरेको वहाको पुर्व पि.ए करम हुसेन अन्सारीले बताउनु भएको छ । फोहोर र दुर्गन्धित पानीले किसानहरुले लगाएको सयौ बिगहा धानबाली, तरकारी र केरा खेती नष्ट भएको छ ।




तस्बिरः दुर्गन्धित पानीाट नष्ट भएको खेतीवाली तथा प्रमुख जिल्ला अधिकारी महादेव पन्त संग क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तुको छोरा संघर्ष कलवार पिडीत किसानको समस्या प्रजिअ संग राख्दै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ