रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।
2026-09-16 08:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीका पिडित किसानहरु सुगर मिलको दुर्गन्धित पानीबाट धानबाली नष्ट भएपछि चरणबद्ध आन्दोलनमा

रबिन्द्र यादव/ असार २७, नवलपरासी । नवलपरासीका सुगर मिलको फोहोर र दुर्गन्धित पानीबाट भएको धानबाली, तरकारी खेती र केरा खेती नष्ट भएपछि किसानहरु आन्दोलित भएका छन् । सुगर मिलको दुर्गन्धित पानीबाट आफुहरुको बालीनाली नष्ट भएपछि उनीहरु आन्दोलीत भएका हुन् ।

पटक पटक प्रमुख जिल्ला अधिकारी लाई सयौ पिडित किसानहरुको हस्ताक्षर सहित ज्ञापनपत्र र निबेदन बुझाउदा पनि इन्द्रा सुगर मिल गंगापुर र वाग्मती खाडसारी कुडियाले बुधबार जिल्ला प्रशासन कार्यालय मा छलफल र वार्ता गर्न नआए पछि किसानहरु चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । गुठी परसौनी, नर्सही, पक्लिहवा लगायत गाउँ विकास समितिका किसानहरुको एक टोलीले प्रमुख जिल्ला अधिकारी महादेव पन्तलाई निवेदन र ज्ञापनपत्र बुझाएका थिए । 


प्रजिअ निवेदन र ज्ञापनपत्र बुझ्दै २६ गते किसान र सुगर मिल पक्षलाई छलफल वार्ता गर्ने बताए पनि बुधबार लगभग सय भन्दा बढि किसानहरु आज छलफलका लागि जिल्ला प्रशासन कार्यालय पुग्दा समेत मिल पक्षको विभिन्न बहाना बनाउदै अनुपस्थित भएपछि किसानहरु विनोद यादवको नेतृत्वमा संघर्ष समिति गठन गरि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन । जसमा भोलि ११ बजे बुद्ध चोक देखि नारा जुलुर र्याली सहित प्रमुख जिल्ला अधिकारी लाई पुनः ज्ञापनपत्र बुझाउने र त्यसपछि गेट अगाडि कोण सभा गरिने संघर्ष समितिका अध्यक्ष विनोद यादवले साझासवाल लाई बताउनु भएको छ । 

किसानहरुको बुधबारको बैठकले क्षतिपूर्ति माग,संघर्षको चरण र संघर्ष समिति गठन सम्बन्धमा निर्णय गरेको छ । साथै भोलि नै किसान र मिल पक्ष वार्ता हुने समेत बुझिएको छ । आज किसानहरुको साथ दिदै क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तुका छोरा संघर्ष को समेत सहभागीता रहेको थियोे । साथै तमलोपा का बरिस्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले किसानहरुको समस्या समाधन र क्षतिपूर्ति दिलाउन प्रमुख अधिकारी महादेव पन्त भेट गरेको वहाको पुर्व पि.ए करम हुसेन अन्सारीले बताउनु भएको छ । फोहोर र दुर्गन्धित पानीले किसानहरुले लगाएको सयौ बिगहा धानबाली, तरकारी र केरा खेती नष्ट भएको छ ।

तस्बिरः दुर्गन्धित पानीाट नष्ट भएको खेतीवाली तथा प्रमुख जिल्ला अधिकारी महादेव पन्त संग क्षेत्र नम्बर ६ का सांसद देवकरण कलवार सन्तुको छोरा संघर्ष कलवार पिडीत किसानको समस्या प्रजिअ संग राख्दै

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु