२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनलाइनबाट पुन: श्रम स्वीकृति लिन सजिलै FEIMS पासवर्ड कसरी रिसेट गर्ने ? (तरिका सहित)

१२ जेष्ठ २०७८, बुधबार १०:३६

जेठ १२, काठमाडौँ | हाल कोरोना महामारीको कारण वैदेशिक रोजगारबाट विदामा आएका तथा अनलाइन श्रम-स्वीकृतिको अवधि सकिएकाहरुले अनलाइनबाटै पुन: श्रम-स्वीकृति लिन सक्ने व्यवस्था छ ।  तर कयौंले यसअघि श्रम गराउँदा इमेल अन्यथा प्रविष्ट गराएको कारण अनलाइनबाटै श्रम स्वीकृति लिन समस्या भएको गुनाशो गरिरहेका छन् । 

तपाइँले अनलाइनबाट पुन: श्रम स्वीकृति लिनको लागि https://feims.dofe.gov.np/ मा जानुपर्छ । यो वेबसाइट लिंकमा गएपछि *Re-Entry Registration (पुन:श्रम स्वीकृतिको लागि) भन्ने लिंकमा क्लिक गर्नुपर्छ । 


यसै समस्याको विषयमा साझा सबालले वैदेशिक रोजगार बिभागका आइटी प्रमुखको रुपमा कार्यरत अधिकारी राजु श्रेष्ठसँग परामर्श लिएको छ । श्रेष्ठका अनुसार बिभागले नयाँ आर्थिक बर्षसंगै यो समस्यालाई FEIMS सिस्टमबाटै सामाधान गर्ने गरि पासवर्ड रिसेट गराउन सक्नेगरि काम भईरहको जानकारी दिएका छन् । उनको अनुसार हाल कोरोना संक्रमणको कारण बिभागमै उपस्थित भएर वा साइबर गएर प्रिन्ट गरेर निवेदन पेस गर्न नसकिने हुँदा हाललाई समस्या समाधानको लागि पहिले श्रम स्वीकृति लिंदा फरक इमेल आईडी राखेको कारण FEIMS सिस्टममा छिर्न नसक्नेहरुले पासवर्ड रिसेट गर्नको लागि अनलाइनबाटै निवेदन पेश गर्न सक्नेछन् । इमेलबाट निवेदन दिंदा परिचय खुल्ने सरकारी कागजात नागरिकता, राहदानी, सवारी चालक अनुमतिपत्र, जन्मदर्ता वा अन्य मध्ये (एकप्रति) पेश गर्नुपर्नेछ ।

निषेधाज्ञाको अवधिमा पासवर्ड रिसेट गर्न के गर्ने ?

तपाइँको सहजताको लागि हामीले एउटा निवेदनको नमुना अपडेट गरेका छौं, तपाइले उक्त निवेदन नमुना वर्ड फाइलमा डाउनलोड गर्न वा कपि गर्न Play Store मा गई ‘Baideshik Rojgar’ एप डाउनलोड गर्नुहोस् । एपको बायाँ साइडमा रहेको तीन धर्का ☰ मा क्लिक गरि महत्वपूर्ण जानकारीमा क्लिक गरेपछि निवेदन नमुनाहरुमा क्लिक गरेपछि भेट्न सक्नुहुन्छ । अब उक्त नमुना फारमलाई डाउनलोड गरेर वा कपि गरेर आफ्नो सबै विवरण भरी बिभागको [email protected] मा इमेल पठाउनुहोला । बिभागले तपाइँको इमेलको रिप्लाई गर्नेछ । त्यसपछि तपाइँले आफ्नो FEIMS सिस्टममा छिरेर आफ्नो इमेल तथा अन्य विवरणहरु परिवर्तन गर्न सक्नुहुनेछ साथै पासवर्ड परिवर्तन गर्न सक्नुहुनेछ । आफूले राखेको पासवर्डलाई नभुल्नुहोस् । 

अनलाइन श्रम स्वीकृति कसरी लिने भन्नेबारे जानकारी तपाइँले वैदेशिक रोजगार (Baideshik Rojgar) मोबाइल एपमा पाउन सक्नुहुनेछ । एपको महत्वपूर्ण जानकारी सेक्सनमा खोज्नुहोला । 

Baideshik Rojgar एप डाउनलोड गर्ने लिंक: http://bit.ly/30z4H93


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता