2026-09-12 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रासायनिक मल नपाउँदा किसान आक्रोशित

असार ३, डोटी (रासस)। डोटीमा रोपाइँ शुरु भए पनि रासायनिक मल अभावमा किसानलाई समस्या हुँदै आएको छ । समयमै कहिले पनि मल नपाउने गरेको भन्दै यहाँका किसान आक्रोशित बनेका छन् । किसानले महिनौँदेखि खेतबारीमा प्रयोग गर्ने रसायनिक मल पाउन सकेका छैनन् । रोपाइँ गर्ने बेलामा समेत जिल्लामा युरिया मल नपाएपछि किसान चिन्तित बनेका हुन् । 

कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण मल ल्याउन नसक्दा समस्या भएको कृषि सामग्री कम्पनी दिपायल शाखाले जनाएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार जिल्लामा कम्तीमा पनि १० हजार ८९८ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ ।

रोपाइँ गर्ने बेलामा समेत युरिया मल नपाएपछि धानखेती खासै नसप्रिने भन्दै किसान चिन्तित बन्ने गरेको शिखर सिलगढी नगरपालिका–१ का चेतबहादुर बोगटीले बताउनुभयो । यस वर्ष समयमै वर्षात् शुरु भई यहाँका विभिन्न ठाउँमा धान रोपाइँ शुरु भएको छ । मल अभावका कारण धानबाली खासै नसप्रिने भन्दै किसान चिन्तित बनेका सिलगढी नगरपालिका–४ गैराका किसान टीकाबहादुर विकले बताउनुभयो । 

जिल्लामा मल आपूर्ति व्यवस्थापनको जिम्मा पाएको नेपाल कृषि सामग्री कम्पनी लिमिटेडले समयमै मल खरिद गरी नल्याउँदा अहिले मल अभावको समस्या उत्पन्न भएको यहाँका किसानको आरोप छ । रोपाइँ शुरु हुँदासमेत मल नपाएको र जेठ महिनामा रोपाइँ गरिएका खेतमा अहिलेसम्म मल हाल्न नपाएका कारण धानबाली खासै नसप्रिएको शिखर नगरपालिका–२ कालागाढका किसान रामबहादुर दमाईले बताउनुभयो । 

नेपाल कृषि सामग्री कम्पनी लिमिटेड दिपायलले कैलालीमा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा समेत मल नभएका कारण आपूर्ति गर्न नसकिएको जानकारी दिनुभयो । कोरोना भाइरसका कारण सबैतिर रोजगार गुम्दै गएको अवस्थामा उब्जनी क्षेत्रलाई प्रमुख प्राथमिकता दिई मल आपूर्ति गर्नुपर्ने बेलामा झन् मल नपाउनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिका–१ का देवेन्द्र खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा