२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

वेदव्यासको जन्मभूमि धार्मिक पर्यटकीय क्षेत्र : चर्चा भएको एक दशकमा बल्ल निर्माण हुने आशा

२०७८, ३ असार बिहीबार ०७:४५

कृष्ण न्यौपाने । असार ३, दमौली (रासस)। चार वेद अठार पुराणका रचयिता वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन एक दशकअघिदेखि प्रयास हुँदै आएको छ । व्यासभूमि दमौलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यसहित विगतमा विविध कार्यक्रम हुँदै आएका छन् । 

व्यासभूमिलाई प्रचार गर्न १०८ फिटको व्यासमूर्ति निर्माणको चर्चा भएको एक दशक भयो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्ने उद्देश्यसहित विसं २०६८ मा महायज्ञ लगाइयो । महायज्ञबाट रु ७० लाख रकम सङ्कलन भयो । मूर्ति निर्माणका लागि करोडौँ बजेट लाग्ने भएपछि मूर्ति निर्माणको प्रयास सफल हुन सकेन ।

मूर्ति निर्माणका लागि जनस्तरबाट व्यास क्षेत्र शिवपञ्चायन विकास कोष गठन गरिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि भने व्यासमूर्ति निर्माणले सार्थकता पाउने देखिएको छ । जनप्रतिनिधिको चासो र समितिको अग्रसरताका कारण व्यासमूर्ति निर्माणको काम शुरु हुन लागेको छ । 

मूर्ति निर्माणका लागि रु ७१ करोड दुई लाख १० हजार ८८९ रकम आवश्यक पर्दछ । पहिलो चरणमा रु पाँच करोड ५० लाख ५५ हजार ६४० को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम शुरु भएको छ । लामो समयको प्रयासपछि निर्माणकार्यले मूर्तरुप लिन लागेको व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभयो । “चर्चा भएको त धेरै वर्ष भयो, जे होस् अब मूर्ति निर्माणको कामको प्रारम्भ भएको छ, बजेट अभाव रहे पनि सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा मूर्ति निर्माण सम्पन्न हुने अपेक्षा लिएका छौँ”, उहाँले भन्नुभयो । 

पहिलो चरणमा मूर्ति अड्याउन स्तम्भ निर्माणका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको थियो । नगरपालिकाले एक वर्षभित्र सम्पन्न गर्ने गरी गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जेभीसँग सम्झौता गरेको छ । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गरेको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट उपलब्ध गराएको छ ।

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको थियो । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु १० लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ । 

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन नगरपालिकाको हाताभित्र राखिएको छ । 

व्यासमूर्ति निर्माणमा ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ)भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, कोशेली घर, बिक्री कक्ष, धर्मशाला, प्रवचन हल, योग हल, समितिको सचिवालय बैठक कक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाका साथै विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पुजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीका पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।

करिब पाँच हजार ५०० वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्मबारेको प्रसङ्गमा दमौलीदेखि आठ किमीपूर्व छाब्दी बाराहको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो । माछाको रूपबाट जन्म भएकाले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको हो भनिन्छ । विश्वको सबभन्दा लामो (एक लाख श्लोक) र दोस्रो महाकाव्य ‘महाभारत’ पूर्वीय लौकिक संस्कृत साहित्यको ऐतिहासिक आर्ष ग्रन्थ र बृहत् ज्ञानराशि भएको धर्मग्रन्थमा महाभारत र पुराणका रचयिता तथा चारै वेदका सम्पादक व्यासको तपस्यास्थल नेपालकै दमौली नजिकको गुफामा रहन्थे भन्ने भनाइ छ ।

योगी नरहरिनाथले ‘आध्यात्मिक नेपाल एवं हिमालय देवोदेश’मा पाँच नदी सेती, मादी, बुल्दी, गुणादी र र छाब्दीको सङ्गमलाई व्यासको जन्मभूमि, कर्मभूमि र तपोभूमि, स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ मा दमौली क्षेत्रलाई र कुमारबहादुर जोशीले आफूले अन्तर्वार्ताका क्रममा मादी तथा सेतीको सङ्गम नै व्यास(कृष्ण द्वैपायन)को जन्मस्थल भएको पाएको जनाउनुभएको छ । आइलभइन्डिया डटकमले समेत व्यासको जन्म तनहुँको दमौलीमा भएको उल्लेख गरेको छ । कतिपय भारतीय वेबसाइटमा भने व्यासको जन्म यमुना नदीको कल्पीद्वीपमा भएको भनेर लेखिएको पाइन्छ ।

आइलभइन्डियामा व्यासले एउटा गुफामा बसेर महाभारत लेखेको उल्लेख गरेको छ । उक्त गुफा अहिले व्यास गुफाको नामबाट परिचित छ । व्यासलाई कृष्णद्वैपायनको नामबाट समेत चिनिने र महान महाकाव्य महाभारतका लेखक, वेदव्यास सनातन धर्मको पहिलो र ठूलो आचार्य मानिन्छ ।

विभिन्न स्रोतका अनुसार व्यासको जन्म पराशर र सत्यवतीबाट भएको मानिछ । घुम्दै फिर्दै एकदिन पराशर ऋषि र सत्यवतीको भेट हुँदा पराशर ऋषिले ऋतुदान लेउ भनी सत्यवतीसँग अनुरोध गर्दा सत्यवतीले ‘म यति सानी बालिका, तपाई्ँ जवान मानिससँग कसरी ऋतुदान लिने’ भन्दा पराशरले म तिमीलाई मजस्तै जवान बनाइदिन्छु भनी प्रतिज्ञा गरी सत्यवतीलाई आफू समान बनाएपश्चात पराशर र सत्यवतीको सम्बन्धबाट व्यासको जन्म भएको भनिएको छ । पछि आमाको पूजाका लागि व्यास ऋषिले दमौलीबाट पूर्व दिशामा छाब्दी बराहमा माछाको पूजाआजा चलाएको मानिन्छ । त्यो आजसम्म पनि निरन्तर छ र व्यासको जन्म दमौलीमा नै भएको भन्ने बलियो प्रमाणका रुपमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा