५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीमा नयाँ पुस्तक भित्रियो

७ असार २०७८, सोमबार ०१:३०

असार ७, म्याग्दी | कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि गरिएको निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थाका बीच म्याग्दीमा नयाँ पाठ्यपुस्तक भित्र्याइएको छ । शिक्षा मन्त्रालयले असार १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्न निर्देशन जारी गरेसँगै पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सामुदायिक विद्यालयको पुस्तक भित्र्याएका छन् । 

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको पोखरास्थित क्षेत्रीय कार्यालयसँग समन्वय गरेर कक्षा १ देखि १० सम्मको पुस्तक आयात गरिएको महासङ्घका अध्यक्ष नवराज पौडेलले बताउनुभयो । “जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कको आधारमा म्याग्दीलाई पुग्ने पुस्तक ल्याएका छौँ”, उहाँले भन्नुभयो, “प्रतिकक्षा एक हजार ७०० देखि रु दुई हजार सेटको हाराहारीमा पुस्तक ल्याएका छौँ ।” 

विद्यार्थीलाई नयाँ पाठ्यपुस्तक उपलब्ध गराएर विद्यालय नखुले पनि घरमै बसेर पढ्ने वातावरण बन्ने अपेक्षा गरिएको छ । भौगोलिक विकटता र प्रविधिको पहुँच नभएका ठाउँमा अनलाइनको माध्यमबाट पठनपाठन सञ्चालन गर्न चुनौती छ । 

विद्यार्थीले घरमै बसेर पढ्ने, अभ्यास गर्ने, सिकाइ वृद्धि र विद्यालय खुलेपछि व्यवस्थापन गर्न सहज हुने भएकाले निषेधाज्ञामै विद्यार्थीको हातहातमा पुस्तक पुर्याउन लागिएको हो । महासङ्घले पुस्तक वितरणलाई व्यवस्थित बनाउन बेनीमा बिक्री केन्द्र स्थापना गरेको छ ।

टाढाका विद्यालयलाई प्राथमिकता दिएर पुस्तक वितरण शुरु भएको छ । पुस्तक अभाव र पूर्ण सेटमा नपाउने समस्या हुन नदिनका लागि शैक्षिक सत्र शुरु हुनुअघिनै ढुवानी र वितरण गरिने पुस्तक व्यवसायी ठाकुर शर्माले बताउनुभयो । 

कक्षा ५ देखि १० सम्मका लागि जनक शिक्षा सामग्रीबाट रु ७६ लाख बराबरको र कक्षा १ देखि ४ सम्मको निजी प्रकाशन गृहबाट रु ३६ लाख बराबरको पुस्तक खरिद गरिएको छ । दुई सय ३२ सामुदायिक विद्यालय भएको म्याग्दीमा पुस्तक खरिदमा यस वर्ष रु एक करोड १२ लाख खर्च हुने बताइएको छ । 

एउटा कक्षाका लागि एक हजार ७०० देखि दुई हजार सेट पुस्तक आवश्यक पर्छ । कोरोनाको जोखिम तथा लम्बिँदो निषेधाज्ञाले तत्कालै विद्यालय खुल्ने सम्भावना नभए पनि पुस्तक पाएपछि विद्यार्थीलाई स्वअध्ययनको वातावरण बन्ने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धवलशमशेर राणालाई क्यान्सरको फलोअप उपचारमा भारत जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप सुनसरीमा आगलागी हुँदा १० वटा घर जलेर नष्ट, ६० लाख बराबरको क्षति काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु