२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

हिउँदमा चुपचाप, बर्खामा भागाभाग

७ असार २०७८, सोमबार ०७:४२

तारानाथ आचार्य । असार ७, बलेवा (रासस)। असारको पहिलो दिन नै घरमा बस्न नसक्ने गरी वर्षा भयो । घर वरिपरि छियाछिया परेको जमीन छ । आधा भत्केका घर गाउँभरी छन् । गत वर्षको वर्षामा भत्किएको जमीन कहिँ टालिएको छैन । न जोखिममा परेका घरको व्यवस्थापन भयो । विस्थापित भएका गाउँ छाडेर हिँडे । अरु अवस्था उस्तै छ । समस्या हो बागलुङको निसीखोला गाउँपालिका–१ र २ नम्बर वडामा पर्ने हुल्दी बाहुन गाउँको । 

पोहोर पानी पर्दा लत्ता कपडा र खाद्यान्न पोको पारेर घर छाडेका हुल्दीबासीले अहिले पनि उहीँ भोग्दै छन् । पहिरो पीडितलाई समयमा व्यवस्थापन गर्न नसक्दा अहिलेको वर्षामा उनीहरु घर न घाटका हुने अवस्था आएको हो । घरगाउँ नै मासिने गरी पहिरो गएको भए पनि कोही कसैले सहयोग नगरेको स्थानीय पूर्ण कार्की बताउनुहुन्छ । हुल्दी र बाहुनगाउँमा गएको पहिरो नयाँ भने होइन ।

केही वर्ष पहिलेदेखि चलेको पहिराले गतवर्ष सबैभन्दा धेरै क्षति पुर्याएको छ । निसीखोला–१ मा २७ घर पूर्ण क्षति भएका थिए । एक हजार ५०९ घर उच्च जोखिममा छन् भने ७५ घर जोखिममा रहेको तथ्याङक गाउँपालिकासँग छ । वडा नं. २ मा ५९ घर पूर्ण क्षति, उच्च जोखिममा १९ घर र जोखिममा १५० घर रहेको तथ्याङ्क छ । वडा नं. ३ मा १० घर पूर्ण क्षति र उच्च जोखिममा २५ घर छन् ।

गाउँपालिकाभरि नै वर्षापछि पहिराको समस्या भए पनि स्रोत साधनको अभावले व्यवस्थापन चुनौतीपूर्ण रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । हिउँदमा चुपचाप बस्ने र वर्षा लागेपछि चिन्ता गर्ने परिपाटीले बस्ती स्थानान्तरण र व्यवस्थापन हुन नसकेको निसीखोला–२ का वडाध्यक्ष कुम्बीर विश्वकर्मा बताउनुहुन्छ । दुई वर्षअघि भूगर्वविद मनिका झाको नेतृत्वको टोलीले गाउँलाई रातो सूचीमा राखेर बस्ती सार्न भनेको थियो । 

बस्ती स्थानान्तरणका लागि कोही कसैले तदारुकता देखाएका छैनन् । हुल्दी र बाहुनगाउँमा लामो समयदेखि बस्दै आएका खेतीपाती र वनपाखो छाडेर हिँड्न नमानेका कारण पनि बस्ती स्थानान्तरणमा समस्या रहेको गाउँपालिका अध्यक्ष पौडेल बताउनुहुन्छ । 

यस्तै गतवर्ष भदौ २९ गतेको पहिराले गाउँ नै हल्लाएको महसुस गरेका जैमिनी नगरपालिका–१ कुश्मीशेराका कृतिनाथ शर्मा यस वर्ष घरमा बस्नै नसकेर असारको १ गते राति घर छाड्नुभयो । चितवनको रत्ननगर नगरपालिकामा भाडाको घर खोजेर उहाँ बसाइ नै सर्नुभयो । गत वर्ष दुई जनाको ज्यान लिने गरी आएको पहिरो उहाँको घरमाथि आएको छ । 

पहिराको व्यवस्थापन नभएका कारण जीवनभर कमाएर परिपाठ पारेको घर बुढेसकालमा छाड्नुपरेको उहाँको गुनासो छ । “पहिरो रोक्न र भल बाढी तर्काउन कसैले चासो देखाएनन्”, शर्मा भन्नुहुन्छ “एक्लैले गरेर नहुने रहेछ, विपत्मा ज्यान जोगाउनु नै ठूलो कुरा भयो ।” शर्मा जस्तै टुनिबोटका छ परिवारले यस वर्षको बर्खा लागेपछि पहिराको त्रासले घर छाडे । केहीले छाड्ने तयारी गर्दैछन् । हिउँदभर पहिराको रोकथाम र पीडितको व्यवस्थापन नभएपछि टुनिबोटबासी वर्खा लागेपछि भागाभाग गर्न थालेका हुन् ।

समस्या निसीखोला र जैमिनीको मात्रै होइन गत वर्ष बाढी पहिराका कारण विस्थापित भएका ढोरपाटन नगरपालिकाका झण्डै १३० परिवारको पनि अवस्था उस्तै छ । तमानखोला, काठेखोला, जैमिनी नगरपालिका र गलकोट तथा बरेङ गाउँपालिकामा विस्थापित भएका घर बनेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य