2026-09-12 11:55 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

असार ११, कञ्चनपुर (रासस)। भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्ला रहेका छन् । बुधबार राति ८:३० बजे जाँदा एटिएम बैंकको मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । पक्राउ परेका ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोबाइल लुटपाट गर्ने दुई पक्राउ

मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वेदकोट–७ गौजीका १८ वर्षीय भरत धामी र सोही ठाउँ बस्ने २० वर्षीय भरत हमाललाई पक्राउ  गरिएको प्रहरीले जनाएको छ । दुवै जनाले भीमदत्त–६ का सुनिता सिंह र उहाँका श्रीमान् लक्ष्मण सिंह घुम्नका लागि बुधबार रौटेला मन्दिर गएका बेला उहाँहरुको साथमा रहेको मोबाइल लुटपाट गरेका थिए ।

लागुऔषध मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

भीमदत्त–८ तिलाचौरका ४८ वर्षीय लागुऔषध चरेसका फरार प्रतिवादी भानी (भानदेव) भट्टलाई प्रहरीले पक्राउ गरेको छ । घर ठेगानामै लुकीछिपी बसेका बेला प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ परेका भट्टलाई जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यसैगरी लागुऔषध खैरो हिरोइन मुद्दामा वारदातमा संलग्न रही फरार रहेका दोधारा चाँदनी नगरपालिका–७ घर भई भीमदत्त–४ सब्जीमण्डी बस्ने ३२ वर्षीय बिजेन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त–४ मा लुकीछिपी बसिरहेका बेला मल्ललाई पक्राउ गरिएको हो । पक्राउ परेका मल्ललाई अदालतमा पेश गरी म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

जबर्जस्ती करणी गर्ने पक्राउ

शारीरिक फरक क्षमता भएकी २१ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले वेदकोट–१० नयाँगाउँका अन्दाजी ४० वर्षीय चक्रबहादुर सार्कीलाई पक्राउ गरेको छ । घरमै लुकीछिपी बसेका बेला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सार्कीलाई बिहीबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता