२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन प्रवद्र्धनमा केन्द्रित पोखराको बजेटः फेवातालको वरिपरि पदमार्ग निर्माणका लागि डेढ करोड

११ असार २०७८, शुक्रबार १३:५९

जमुनावर्षा शर्मा, असार ११, पोखरा (रासस) । पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु छ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ रु तीन अर्ब ३७ लाख अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ । चालु आवका लागि रु पाँच  अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

 नवौँसभामा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गर्नुभएको बजेटले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी होमस्टेहरूको क्षमता विकास गर्ने, पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रका सङ्घ संस्थाहरूसँग हातेमालो गर्ने, पर्यटन प्रवद्र्धनको लागि फेस्टिबल, महोत्सव, तथा विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रमलाई पनि समावेश गरिएको छ । 

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गरिने र पर्यटन विकासलाई थप प्राथमिकता दिन महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिने उल्लेख छ  । पर्यटन वसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापना लागि पनि रु २० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, पोखराको पर्यटनमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गरिने र पोखरा ६ मा रहेको वसुन्धरा र कोमागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन प्रस्ताव गरीएको छ  ।

पोखराको भगिनीसम्बन्ध स्थापना भएका नगरहरूको सम्मेलन आयोजना गर्न नेपालका नियोगमार्फत् पहल गरिने जनाइएको छ । कोभिडको अवस्था मूल्याङ्कन गरी उक्त कार्यक्रम तर्जुमा गरिने र उक्त कार्यक्रम पोखराको पर्यटन प्रवद्र्धनमा सार्थकसिद्ध हुने विश्वास गरिएको छ । त्यस्तै पोखरा टावर निजी क्षेत्रको समेत लगानीमा निर्माण गर्नेगरी संभाव्यता अध्ययन गरिने उल्लेख छ ।

उक्त कार्यक्रमको लागि रु १० लाख विनियोजन गरिएको छ भने पोखरा वडा नम्बर ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माणलाई पनि समावेश गरिएको छ । पर्यटनसँग जोडिएका पूर्वाधारहरू निर्माणमा निजी लगानी प्रोत्साहन गर्ने तथा कम लागतका पर्यटकीय पूर्वाधार तत्कालै निर्माण गर्नेजस्ता कार्यक्रमहरू सञ्चालन गरी समग्र पर्यटन क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो