2026-09-12 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पर्यटन प्रवद्र्धनमा केन्द्रित पोखराको बजेटः फेवातालको वरिपरि पदमार्ग निर्माणका लागि डेढ करोड

जमुनावर्षा शर्मा, असार ११, पोखरा (रासस) । पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिँदै पोखरा महानगरले आगामी आर्थिक वर्षका लागि रु छ अर्ब २७ करोड ७५ लाखको बजेट सार्वजनिक गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु छ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको हो । पूँजीगततर्फ रु तीन अर्ब ३७ लाख अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ । चालु आवका लागि रु पाँच  अर्ब ७२ करोडको बजेट ल्याइएको थियो ।

 नवौँसभामा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गर्नुभएको बजेटले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । पोखराको प्रमुख पर्यटकीय क्षेत्र फेवातालको वरिपरि पदमार्ग निर्माण गर्न रु एक करोड ५० लाख विनियोजन प्रस्ताव गरिएको छ । त्यसैगरी होमस्टेहरूको क्षमता विकास गर्ने, पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रका सङ्घ संस्थाहरूसँग हातेमालो गर्ने, पर्यटन प्रवद्र्धनको लागि फेस्टिबल, महोत्सव, तथा विशेष कार्यक्रम आयोजना गरिने कार्यक्रमलाई पनि समावेश गरिएको छ । 

प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षमा पोखराको ‘पर्यटन गुरुयोजना’ तर्जुमा गरिने र पर्यटन विकासलाई थप प्राथमिकता दिन महानगरपालिकामा पर्यटन शाखा स्थापना गरिने उल्लेख छ  । पर्यटन वसपार्क तथा अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटन सूचना केन्द्र स्थापना लागि पनि रु २० लाख विनियोजन गरिएको छ ।

त्यस्तै, पोखराको पर्यटनमा कोशेढुङ्गा सावित हुने विश्वास लिइएको पोखरा क्षेत्रका सात ताल जोड्ने गरी खाका तयार भएको साइकल रुटको प्रवद्र्धन तथा विकासको लागि ५० लाख बजेट विनियोजन गरिएको छ । पोखरा २८ ठूलाकोटमा ‘अस्टोनोमी पार्क’ निर्माण गर्न प्रदेश सरकारसँग साझेदारी गरिने र पोखरा ६ मा रहेको वसुन्धरा र कोमागाने पार्कमा थप पूर्वाधार निर्माण गर्न १ करोड बजेट विनियोजन प्रस्ताव गरीएको छ  ।

पोखराको भगिनीसम्बन्ध स्थापना भएका नगरहरूको सम्मेलन आयोजना गर्न नेपालका नियोगमार्फत् पहल गरिने जनाइएको छ । कोभिडको अवस्था मूल्याङ्कन गरी उक्त कार्यक्रम तर्जुमा गरिने र उक्त कार्यक्रम पोखराको पर्यटन प्रवद्र्धनमा सार्थकसिद्ध हुने विश्वास गरिएको छ । त्यस्तै पोखरा टावर निजी क्षेत्रको समेत लगानीमा निर्माण गर्नेगरी संभाव्यता अध्ययन गरिने उल्लेख छ ।

उक्त कार्यक्रमको लागि रु १० लाख विनियोजन गरिएको छ भने पोखरा वडा नम्बर ४ को उपयुक्त स्थानमा ‘कोसेली घर’ निर्माणलाई पनि समावेश गरिएको छ । पर्यटनसँग जोडिएका पूर्वाधारहरू निर्माणमा निजी लगानी प्रोत्साहन गर्ने तथा कम लागतका पर्यटकीय पूर्वाधार तत्कालै निर्माण गर्नेजस्ता कार्यक्रमहरू सञ्चालन गरी समग्र पर्यटन क्षेत्रको विकास गरिने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन