2026-11-02 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ सम्पन्न

राजेन्द्रप्रसाद पनेरु । असार १३, कञ्चनपुर (रासस) । सुदूरपश्चिम प्रदेशमा हालसम्म ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टर क्षेत्रफलमा धान रोपाइँको काम सकिएको छ । निरन्तरको वर्षासँगै किसानले धान रोपाइँको कार्यलाई निरन्ता दिँदै आएका छन् । विगतका वर्षको तुलनामा रोपाइँको कार्य छिटो हुन थालेको हो ।

सिँचाइका लागि भरपर्दो व्यवस्था हुन थालेपछि किसानले  रोपाइँको कार्यलाई अगाडि बढाउँदै आएका छन् । विगतमा आकाशे पानीको भरमा रोपाइँ हुँदै आएको थियो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार कैलालीमा ३८ हजार ७८६ (५५ प्रतिशत), कञ्चनपुरमा १६ हजार ९६६ (३५ प्रतिशत), अछाममा सात हजार ४६५ दशमलव पाँच (४५ प्रतिशत), बाजुरामा तीन हजार ९४६(५५ प्रतिशत), बझाङमा पाँच हजार ७१६ दशमलव आठ (४५ प्रतिशत) र बैतडीमा चार हजार ५० (४५ प्रतिशत) हेक्टरमा रोपाइँ सकिएको छ ।

यसैगरी दार्चुलामा २२४ (६२ प्रतिशत), डडेल्धुरामा तीन हजार ७१२ दशमलव आठ (६० प्रतिशत), डोटीमा चार हजार ५०० (४२ प्रतिशत) गरी ८५ हजार ३६८ (४५ दशमलव ९३) हेक्टरमा रोपाइँ सकिएको छ । कैलालीमा ७० हजार ५२०, कञ्चनपुरमा ४८ हजार ४७५, अछाममा १६ हजार ५९०, बाजुरामा सात हजार १५०, बझाङमा १२ हजार ७०४, बैतडीमा नौ हजार र दार्चुलामा चार हजार ४८० हेक्टरमा धान खेती हुने गरेको छ ।

यसैगरी डडेल्धुरामा छ हजार १८८ र डोटीमा १० हजार ७१५ हेक्टर गरी एक लाख ८५ हजार ८४७ हेक्टरमा धान खेती हुने गरेको छ । प्रदेशमा धानको औषत वार्षिक उत्पादन छ लाख ४८ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ । धानको प्रति हेक्टर उत्पाकत्व ३.३ देखि ३.५ प्रतिशतसम्म रहेको छ ।

हाल किसानलाई अनुदानमा सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइन थालेपछि रोपाइँको कार्य सहज रुपमा हुँदै आएको प्रदेश कृषि विकास निर्देशनालयका कार्यालय प्रमुख यज्ञराज जोशीले बताउनुभयो । 

“सिँचाइको सुविधा उपलब्ध भएसँगै किसानले उन्नत जातका धानको बीउको प्रयोग गरी आधुनिक तरिकाले खेतीलाई अगाडि बढाउँदै आएका छन्”, उहाँले भन्नुभयो, “केही किसानले अझै पनि परम्परागत तरिकाले धान खेती गर्दै आएका छन्, उहाँहरुलाई पनि धान खेतीका नौला तौर तरिका सिकाउन आवश्यक छ, त्यसका लागि कृषि ज्ञान केन्द्र र निर्देशनालयले तालीम प्रदान गर्ने कार्यसँगै उपकरण, औजार र बीउमा अनुदान उपलब्ध गराउने छ ।” 

असारको अन्तिम हप्तादेखि साउनको पहिलो हप्तासम्म किसानले रोपाइँ सक्ने कार्यालय प्रमुख जोशीको भनाइ छ । प्रदेशका अन्य जिल्लाको तुलनामा कैलाली र कञ्चनपुरमा अधिक जग्गामा धान खेती हुने गरेको छ । 

“बाह्य क्षेत्रबाट आयत हुने धान चामललाई प्रतिस्थापन गर्नका लागि आधुनिक धान खेती प्रणालीलाइ अपनाउन आवश्यक भएको छ”, उहाँले भन्नुभयो, “यसका लागि निर्देशनालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कार्य अगाडि बढाउँदै आएको छ ।” 

उन्नत जातका धानका प्रजातिप्रति किसानको आकर्षण बढ्नु, समयमै मल, बीउविजन र किटनाशक आषधीको व्यवस्थासँगै उत्पादन लागत घटाएर प्रतिस्पर्धी बनाउन रोपाइँ, कटाइ, चुटाइ, रोग किरा व्यवस्थापन र झारपात नियन्त्रणमा मेसिन तथा औजारको प्रयोगलाई बढावा दिइँदै आएकाले उत्पादनमा विगतको तुलनामा बढोत्तरी हुँदै आएको बताइएको छ । 

मौसम प्रतिकूलताका कारण धानको मौसममा अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि र रोगकिराको प्रकोपका कारण उत्पादनमा कमी आउनुको मुख्य कारणका रुपमा रहेको छ । किसानले आयातित धानको गुणस्तर र मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने कारणले उचित मूल्य पाउनबाट भने वञ्चित रहँदै आउनुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द