२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बारा - BR

स्नातक उत्तीर्ण महिलालाई ५१ हजार भत्ता

२९ असार २०७८, मंगलवार १५:५७

असार २९, कलैया (रासस) । बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिलालाई रु ५१ हजार भत्ता दिने भएको छ ।  नगरसभाले आगामी आर्थिक वर्षको लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह उत्तीर्ण  महिलालाई रु ५१ हजार भत्ता दिने उल्लेख छ ।

छोरीलाई उच्च शिक्षा हासिल गर्न प्रोत्साहन गर्ने उद्देश्यले  आर्थिक वर्ष २०७८/०७९ देखि लागू हुने गरी यस्तो व्यवस्था गरिएको नगरप्रमुख रमेश यादवले जानकारी दिनुभयो । 

नगरपालिकाको यो अभियानलाई पचरौताको महिला समूहले स्वागत गरेको छ । महिलाको स्वाभिमानलाई अगाडि बढाउनका लागि बजेटमा नै स्नातक पास गर्ने महिलालाई नगद रु ५१ हजार दिने प्रस्ताव निकै नै सराहनीय रहेको महिला अधिकारकर्मी सावित्री शर्माले भन्नुभयो । 

प्रमुख यादवले पचरौता नगरपालिकामा जनतामुखी रचनात्मक बजेट ल्याई नागरिकलाई सबल एवं सक्षम बनाउनका लागि कृषि मिटरमा शुल्क फ्रि तथा गरिब, दलित, असहाय, विपन्न वर्गका लागि निःशुल्क रुपमा खाना पकाउने ग्यास सिलिण्डरसहित चुलो प्रदान गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउनका लागि नगरभित्र १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण र ज्येष्ठ नागरिकको हकमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया गराउनका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

त्यस्तै नागरिकलाई सहजरुपमा स्वास्थ्यचौकीसम्म पु¥याउनका लागि नगरपालिकाले एम्बुलेन्स खरीद गर्ने भएको छ । यसका लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक रकम विनियोजन गरिएको उहाँले बताउनुभयो । नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु ४५ करोड ८४ लाख २७ हजार बजेट ल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ