2026-10-30 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

घुस लिएको अभियोगमा मुद्दा

भदौ ९, डोल्पा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २५ हजार घुस लिएको अभियोग लागेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार दाँते ओखरको बिरुवा उत्पादन गरेबापत किसानलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नका लागि घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतबाट गएको टोलीले उनलाई घुस लिँदै गरेको अवस्थामा केही समय पहिले पक्राउ गरेको थियो । आयोगले बिगोअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।

यस्तै, आयोगले रु पाँच हजार घुस लिएको अभियोगमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्प गौशाला महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ हवल्दार राजीशरण साहलाई पक्राउ गरेको छ । घरमा प्रयोग गर्नका लागि बिस्कुटलगायत घरायसी सामान नेपाल भारत सीमाबाट ल्याउन सहजीकरण गरिदिने भन्दै घुस मागेको पाइएको आरोप लागेको छ । आरोपी साहको थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ