पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ९, कास्की </b>| गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४९६ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३८० जना सङ्क्रमणमुक्त भएका छन् ।<br></p><p>यस अवधिमा प्रदेशमा कोरोना सङ्क्रमणका कारण १२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका सात, स्याङ्जाका दुई तथा पर्वत, तनहुँ र बागलुङका एक/एक जना रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । </p><p>योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार २५९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ३९८ जना रहेको छ भने होमआइसोलेसनमा चार हजार आठ जना छन् । रासस </p>

