२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी निर्वाचनमा रामकुमारी झाँक्री र गोकर्ण विष्ट गुल्मीबाटै चुनाव लड्ने

१० आश्विन २०७८, आईतवार १०:०५

असोज १०, काठमाडौँ । नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा गुल्मीबाट लड्ने बताएकी छन् ।

झाँक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्व मन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाँक्री र विष्टबिच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

पार्टीका केन्द्रीय सदस्यहरूलाई जिल्लाको इन्चार्ज बनाउने विधि पद्धति भए पनि गुल्मीको माटोमा जन्मेकी आफूलाई केन्द्रीय सदस्य हुँदा समेत जिल्लाको इन्चार्जको जिम्मेवारी पूरा गर्ने अवसर नदिइएको उनको भनाई छ। झाँक्रीले गुल्मीबाट चुनाव लड्ने घोषणा गरेपछि अब गुल्मीमा पूर्व मन्त्री विष्टसँग उनको प्रतिस्पर्धा हुने भएको छ।

आफूले लामो समयदेखि राजनीतिमा सक्रिय रहे पनि नेताहरूले गुल्मीलाई भूगोल बनाएर काम गर्ने वातावरण नदिएको कारण आफू बाहिर भए पनि अब भने गुल्मीमै राजनीति गर्ने उनको भनाई छ ।

‘म जब राजनीतिमा सक्रिय रहेँ, गुल्मीमा रामकुमारीले आफ्नो भूगोल बनाउँछ भन्दै अवसरवादीहरूले सधैँ निषेध गरेकाले गुल्मीलाई आफ्नो निर्वाचन क्षेत्र बनाउन सकिन’, उनले भनिन् । उनलाई गुल्मीको भूगोलमा राजनीति गर्न नदिने मध्ये प्रमुख पूर्व मन्त्री एवं गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्ट हुन् ।

एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पङ्क्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाँक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन् ।सत्तारुढ गठबन्धनका केही नेताहरूले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसका आधारमा पनि झाँक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आङ्कलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।

उनका अनुसार पार्टीले अब छिटै गुल्मीमा प्रथम जिल्ला सम्मेलन गर्दै छ । सचिव झाँक्रीले आफू मात्रै नभएर गुल्मीमा हिमाल थापा, श्रीराम महत जस्ता सयौँ युवा नेताहरू पनि ठुला भनिएका नेताहरूसँग निर्वाचन लड्न तयार रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली