२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका तीन अस्पताल : शिलान्यास भएको १० महिनामा जग पनि खनिएन

१९ आश्विन २०७८, मंगलवार ११:२८

असोज १९ , पाल्पा, न्युज कारखाना। सरकारले १५ मंसिर ०७७ मा एकै दिन देशभरका तीन सय ९६ स्थानीय तहमा अस्पताल शिलान्यास गरेको थियो । यही बेला पाल्पाका तीन वटा अस्पताल पनि शिलान्यास गरिएको थियो । तर, शिलान्यास भएको १० महिना बितिसक्दा पनि कुनै पनि अस्पतालको जग समेत खन्न थालिएको छैन । 

पाल्पाको माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका र निस्दी गाउँपालिकामा १५–१५ शैय्याका अस्पताल शिलान्यास गरिएको थियो । माथागढी गाउँपालिकाका ईन्जिनियर धर्मेन्द्र यादवले तीन महिनाअघि नै अस्पताल निर्माणको टेन्डर आह्वान भई निर्माण व्यवसायीसँग सम्झौता भइसकेको बताए । तीन महिनाअछि नै अस्पताल निर्माणका लागि प्राकृतिक निर्माण सेवा भैरहवा र माथागढी गाउँपालिकाबीच १० करोड ७८ लाख ७५ हजार सात सय रुपैयाँमा दुई बर्षभित्र काम सक्नेगरी सम्झौता भएको उनले बताए । 

यस्तै निस्दी गाउँपालिकामा अस्पताल निर्माण सम्झौता भइसकेको छ । प्राकृतिक रविना ज्वाइन्ट भेन्चर कम्पनी भैरहवाले १६ करोड ६८ लाख ८४ हजार नौ सय २४ रुपैयाँमा निर्माण सम्झौता गरेको हो । ६ जेठ ०७७ मा निर्माण कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको थियो । २४ महिना अर्थात ६ जेठमा ०८० भित्र सम्पन्न गर्नेगरी सम्झौता भए पनि अहिलेसम्म जग खन्ने काम समेत नभएको निस्दी गाउँपालिकाका प्रशासन शाखा अधिकृत अर्जुन खनालले जानकारी दिए । 

पुर्वखोला गाउँपालिका–१ वीरकोटमा बन्ने भनिएको अस्पताल निर्माण पनि अघि बढेको छैन । गाउँपालिका र निर्माण कम्पनी बिक्वाई दावा कम्पनी काठमाडौंबीच १२ करोड, ५१ लख ७४ हजार एक सय ८९ रुपैयाँमा १५ शैय्याको अस्पताल २८ असार ०८० भित्र सम्पन्न गर्ने गरि २३ असार ०७८ मा सम्झौता भएको हो । तर अहिलेसम्म यहाँ पनि प्रगति नभएको गाउँपालिकाका ईन्जिनियर शिव शर्माले बताए । ईन्जिनियर शर्मा निर्माण कम्पनी सम्पर्क मै रहेको पनि जानकारी दिए । अस्पताल बन्ने स्थान डोजर प्रयोग गर्नु पर्ने भएको र बर्खामा डेजर चलाउन नजिकको बस्तीमा जोखिम हुने भएकाले काम होल्ड गराएको बताए । पानी पर्न कम भएसँगै केही दिन अघिबाट जग्गा सम्याउन थालेको उनले जानकारी दिए ।

निर्माण कम्पनी बिक्वाई दावा कम्पन्नीका प्रोप्राइटर पामा मेडुप लामाले पानी परिरहेको बेला डोजर चलाउँदा डाँडामा रहेका बस्ती जोखिममा पर्ने डरले काम सुरु नगरेको बताए । अब पानी पर्न कम भएपछि काम सुरु गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली