२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अनि जितबहादुरलाई अकबरे खुर्सानी टर्रो लाग्यो. . .

२०७८, २ मंसिर बिहीबार १३:५७

अश्विन दानी | मङ्सिर १, गोरखा | सेतै फुलेका कपाल, चाउरी पर्न सुरसार गरिसकेका गाला । कपाल सेतै फुले पनि गालामा मुजा पर्न थालिसके पनि उनको शरीरले भने आराम पाएका छैनन् । उनी अर्थात गोरखा गाउँपालिका-४ फुजेलका ५४ वर्षीय जितबहादुर भट्ट । 

उनी अचेल बिहान उज्यालो भएदेखि साँझैसम्म खुर्सानी बारी मै हुन्छन् । व्यवसायीक रुपमा खुर्सानी खेती गरेका उनले सोचेजति आम्दानी गर्न नसकेपछि निराश बनेका छन् । तर पनि लगानी निकै भइसकेकाले उनी विकल्प बारे सोच्न पनि सक्दैनन् ।  भट्ट भुतपूर्व सैनिक हुन् । २०५६ सालमा नेपाली सेनाबाट निवृत्त भएपछि उनको बसोबास गोरखा नगरपालिका- १३ देउराली रामशाह टोलमा भयो । 

सेनाबाट निवृत्त भएपछि उनलाई सामाजिक काममा लाग्न मन लाग्यो । रामशाह टोल सुधार समितिको दुई कार्यकाल अध्यक्ष पनि भए । गोरखाकै मझुवामा रहेको गोरखकाली रबर उद्योग बचाउ समितिमा ६ वर्षसम्म संयोजक भएर स्थानीयको प्रतिनिधित्व गरे । रिर्टायर जीवनपछि सामाजिक काममा सक्रिय रहेका भट्टले व्यपार पनि सँगसँगै गर्दै थिए । ‘डेरीको व्यबसाय थियो । २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीले व्यपार खस्कियो । केही लगानी डुब्यो’, उनी भन्छन् । 

भूकम्प र नाकाबन्दीले व्यापारबाट पनि घाटा व्यहोरेका उनले त्यसपछि कृषक बन्ने सोच बनाए । अनि २०७४ सालमा पैतृक थलो फुजेल फर्किए । व्यापारबाट असफल भएका भट्टले सुरुमा बाख्रा पाले । ‘म गाउँ फर्किएपछि कालिका कृषक समूहले संचालन गरेको बाख्रा फार्म  किनेँ । त्यो पहिले व्यवस्थित रुपमा चल्न सकेको थिएन’, उनले भने । 

बाख्रापालनमा पनि करिब १४ लाख लगानी गरिसकेको उनी सुनाउँछन् । २२ वटा बाख्राबाट व्यवसाय थालेका उनको व्यवसाय फस्टाउँदै थियो । तर, एकै पटक ५३ वटा बाख्रा मर्यो ।  ‘बाख्रा पाल्न थालेको बर्षदिन नहुँदै एकै पटक ५३ वटा बाख्रा मरेपछि ठूलो आर्थिक क्षति व्यहोर्नु पर्यो, ’ उनी सुनाउँछन् । 

बाख्रापालनमा पनि सोचे जस्तो नभएपछि उनले फेरि सोच बदले । व्यवसायीक खुर्सानी खेती सुरु गरे । अहिले उनले एक सय १७ रोपनी जग्गामा खुर्सानी खेती गरिरहेका छन् । आफ्नो पैतृक १६ रोपनी र भाडामा लिएको एक सय एक रोपनी जग्गामा उनको अकबरे खुर्सानी खेती छ । उनी भन्छन्, ‘अकबरे खुर्सानी खेतीको बारेमा धेरै अध्ययन गरेको छु । मेरो जानकारीमा भएसम्म नेपाल कै सबैभन्दा ठूलो अकबरे खुर्सानी खेती यही हो ।’ 

अनि, जीतबहादुरले अकबरे खुर्सानीबाट टर्रो स्वाद पाए . . .

व्यापार र बाख्रापालनबाट घाटा व्यहोरेका उनले खुर्सानी खेती सुरु गर्ने बेला सोच्थे, खुर्सानीको बजार राम्रो छ । व्यवसायीक खुर्सानी खेती गरेपछि पहिले व्यहोरेको घाटाको ऋण तिरौँला । 

पिरो अकबरे खुर्सानीबाट मनग्य आम्दानीको गुलियो स्वाद लिने आशामा उनले एकै पटक एक सय १७ रोपनी जग्गामा ७५ हजार बिरुवा लगाए । २०७६ सालदेखि खुर्सानी खेती गर्ने चाँजोपाँजो मिलाएका उनले गत भदौबाट मात्रै उत्पादन सुरू गरे । तर, पिरो खुर्सानी बेचेर गुलियो आम्दानी लिने आशा गरेका उनले टर्रो स्वाद पाए । अर्थात् सोचे जति आम्दानी गर्न सकेनन् । ‘बेमौसमी वर्षातले धेरै ठूलो नोक्सानी भयो । ७५ हजार बिरुवा लगाउँदा २५ हजारभन्दा बढी पानीले खत्तम बनायो । यो बेलासम्म ३० लाख रुपैयाँको खुर्सानी बेच्ने लक्ष्य थियो तर जम्मा एक लाख ५० हजारको मात्रै बेचेँ, ’ उनी मौसमका कारण घाटा व्यहोरेको भन्दै दुखेसो पोख्छन् । 

भट्ट आफू ऋणमा डुबे पनि उनले अहिले दैनिक १० जनासम्मलाई रोजगारी दिएका छन् । उनकोमा काम गर्न स्थानीय महिलाहरू दैनिक आउने गर्छन् । उनीहरूले दैनिक ६ सय रुपैयाँ पाउने भट्टले बताए । तर, सोचे जस्तो उत्पादन लिन नसक्दा ५१ लाख रुपैँया ऋण लागेको उनले बताए । 


भन्छन्- सरकारको साथ पाए हरेश खान्नँ 

एक पटक रोपेको खुर्सानीको बोटले तीन वर्षसम्म उत्पादन दिने गर्छ । एक बर्षमा दुईदेखि चार पटकसम्म टिप्न मिल्छ । अहिलेसम्म उनले पाँच क्विटल मात्र खुर्सानी बिक्री गरेका छन् । बजारको भने समस्या छैन् । अहिले दुई सय २५ रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ । ‘वर्षातले बोट सखाप बनाएर यो सिजनमा उत्पादन भएन त्यसैले सधैँ यस्तै हुन्छ कि भन्ने डर भने लाग्छ,’ उनले भने । 

उनको मनमा लगानी डुब्ने थोरै डर भए पनि सँगसँगै अहिलेसम्म डुबेका सबै लगानी उठाउने आशा पनि छ । उनले यस क्षेत्रलाई खुर्सानीको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना पनि बनाइरहेका छन् । भन्छन्, ‘अहिलेसम्म मैले कही कतैबाट अनुदान, सहयोग लिएको छैन् । अब सरकारबाट केही सहयोग पाएँ भने यसलाई खुर्सानीको पकेट क्षेत्र बनाउँछु ।’ 

खुर्सानी खेतीमा अनुदान पाउने आशामा वडा, पालिका, प्रदेश सरकार, ज्ञान केन्द्र, संघीय सरकारसम्म पुगिसके । तर, बाँझोबारी जोत्न दुई वर्षअघि कृषि ज्ञान केन्द्रले दिएको ८५ हजार बाहेक कुनै अनुदान पाएका छैनन् । सबै ऋण लिएर काम गरेपछि सोचेजस्ते उत्पादन नहुँदा समस्या परेको उनी बताउँछन् । सरकारले व्यवसायीक कृषि गर्नेलाई अनुदान दिने, मोडल फार्म घोषणा गर्ने, पुरस्कार दिने गर्छ । तर, सरकारले दिने गरेको सहुलियत भने सत्ता र शक्तिको आसेपासेले दुरुपयोग गर्दा वास्तविक किसानले नपाउने उनको गूनासो छ । ‘अहिले व्यवसाय सुरू गर्दा लागेको ऋण तिर्न सक्ने अवस्था छैन् । वडादेखि केन्द्र सरकारसम्म धाउँदा धाउँदा थाकिसकेँ । तर, अझै कतैबाट सहयोग पाईन्छ कि भन्ने आश छ,’ उनी भन्छन् । 

अत्याधिक पिरो हुने हुँदा बजारमा अकबरे खुर्सानीको माग बढी छ ।  त्यसैले सरकारी निकायबाट सहयोग पाए यस व्यवसायलाई पकेट क्षेत्रको रुपमा विकास गरेर अघि बढ्ने उनको लक्ष्य छ । भन्छन्, ‘सरकारी निकायबाट पनि साथ सहयोग मिल्यो भने हरेस खान्नँ । खुर्सानीलाई यस क्षेत्रको पहिचान बनाउने गरी काम गर्छु ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित