2026-09-16 12:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

१४ वर्ष दुबई बसेर फर्किएपछि…

प्रकाश पाक्साँवा | मङ्सिर १, तेह्रथुम | वार्षिक रूपमा पाँच लाखभन्दा बढी युवाहरू रोजगारीका लागि पहिलो रोजाइ बन्छ विदेश । धेरै युवाहरू म्यानपावर कम्पनीले प्रतिबद्धता गरेविपरीत काम गर्न बाध्य बन्दै आएका छन् । गाउँमै केही व्यावसाय सञ्चालन गरी रोजगार बन्ने वातावरण नभइपछि विदेशिनु युवाहरूको बाध्यता नै बनेको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका युवाहरू कोही दुःख पाएर फर्किन्छन् । विदेशबाट फर्केर यहीँ नेपालमा केही गर्छु भन्ने युवाहरूको संख्या कमै छ । गाउँमा नै केही गर्छु यहीँको माटोमा रमाउँछु भन्ने सोच भने कमैमा हुन्छ । तर, तेह्रथुम म्याङलुङ–५ आम्फुवाका भुवन सिंह लिम्बू भने गाउँमै रमाउन थालेका छन् ।  

वैदेशिक रोजगारबाट पीडा भोगेका लिम्बू अहिले लालिगुराँस नगरपालिका–९ लसुनेमा जापानिज सिताके च्याउ खेतीमा रमाउन थालेका हुन् । १० लाख लगानीमा उनले खेती सुरु गरेका हुन् । २०६१ सालमा नेपाल आर्मीमा भर्ना भएका उनी २०६६ सालमा जागिर छोडेर दुबई पुगेका थिए । १४ वर्ष दुबई बिताएका लिम्बूको जुन सोचले उनी विदेश गएका थिए, ती सोचहरू पूरा हुन सकेनन् । 

‘राम्रै कमाइ हुन्थ्यो, महिनामा एक लाखभन्दा बढी तलब पाउथेँ । तर, पराइको भूमिमा अरूको खटनमा काम गर्दा मनमा शान्ति मिलेन । त्यसैले गाउँमा परिवारसँगै व्यवसाय गर्ने सोचका साथ जापानिज सिताके च्याउ खेती रोजेका हुँ’, उनले बताए । 

बजार राम्रो सम्भावना रहेको र थोरै क्षेत्रफलमा धेरै आम्दानी लिन सकिनै भएकाले पनि च्याउ खेती उनको रोजाइमा परेको बताउँछन । लिम्बूले फेदाप तिनजुरे किनोको सिताके च्याउ उद्योग दर्ता गरी च्याउ खेती गर्दै आएका छन् । 

तीन रोपनी जग्गा वार्षिक ३५ हजार रुपैयाँमा भाडा लिई खेती गर्दै आएका हुन् ।  काठ स्टोर कोठा, च्याउ उत्पादन गर्ने ठाँउ र उत्पादनका लागि चाहिने कच्चा सामग्रीहरूलाई व्यवस्थापन गर्ने पहिलो चरणमा लगानी गरेका छन् । 

स्थानीय स्तरमा नै च्याउ उत्पादनका लागि कटुस, पैयुँ र उत्तिसको काठ पाउने भएकाले पनि व्यवसाय सञ्चालनमा समस्या नरहेको उनी बताउँछन् । यो खेती सुरुवात मै उनले मासिक ६० देखि ७० हजार मासिक आम्दानी लिन थालेका छन् । यहाँ उत्पादन भएको च्याउ जिल्ला सदरमुकाम म्याङलुङका साथै इटहरीको भाटभाटेनीमा निर्यात हुँदै आएको उनले जानकारी दिए । 

लिम्बूले आफ्नो उद्योगमा युवाहरूलाई रोजगारसमेत दिन थालेका छन् । प्रतिकिलो ६०० रुपैयाँमा यहाँ उत्पादन भएको च्याउ बिक्री हुँदै आएको छ । ‘बजारमा माग बढ्दो छ, माग भएअनुसार उत्पादन गर्ने सकिएको छैन । लगानी थपेर अझ खेतीलाई विस्तार गर्ने सोचमा छु’, लिम्बूले भने । 

खेतीको सुरुवाती चरणमै राम्रो आम्दानी लिएका लिम्बू यतिबेला आफ्नै उद्योगमा रमाइरहेका छन् । लगनशील भएर गाउँमै व्यावसायिक बन्ने हो भन्ने रोजगारको लागि भौँतारिनु नपर्ने गतिलो उदाहरण दिएका छन् लिम्बुले । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल