२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै

५ मंसिर २०७८, आईतवार ०९:२०

मङ्सिर ५, डडेल्धुरा | डडेल्धुरामा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्या बढ्दै गएको छ। परिवार नियोजनको अस्थायी साधनबारे विगतमा भ्रम रहँदा यसको प्रयोगकर्ता कम रहे पनि पछिल्ला दिनमा आएको सचेतनासँगै यसको प्रयोगकर्ता बढेका हुन् ।

स्वास्थ्य कार्यालय डडेल्धुराको तथ्यांकअनुसार जिल्लाभर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढ्दै गएका छन् । जिल्लामा एक सय दम्पतीमध्ये ३६  दम्पतीले परिवार नियोजनको साधन प्रयोग गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन सुपरभाइजर भवानसिंह कुँवरले बताए । उनका अनुसार विगतका वर्षका तुलनामा दुई प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्ने महिला बढेको हो । तर, परिवार नियोजनको अस्थायी साधन प्रयोग गरीरहेकाहरूले निरन्तर रुपमा नगर्ने समस्या देखिएको छ। ‘महिलाको आर्कषण बढी जसो पिल्स चक्की सेवन, डिपो तथा लामो जन्मान्तरको पाँच बर्षे साधनतर्फ बढ्दै गएको छ। असुरक्षित गर्भबाट  बच्न सहयोग तथा सन्तानको रहर पुगिसकेकाले परिवार नियोजका साधन प्रयोग गर्नुपर्ने आवश्यकता छ,’ उनले भने। 

जिल्लामा स्थायी बन्ध्याकरण गर्ने महिलाको संख्या ७० देखि ८० को हाराहारीमा रहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ